फागुनको पहिलो साता देखि ´विकास र समृद्धिका लागि खजुरा सम्मेलन` हुदै

२४ पुस, बाके । बाँकेको खजुरा गाउँपालिकाले आगामी फागुनको पहिलो साता ‘विकास र समृद्धिका लागि खजुरा सम्मेलन’ गर्ने भएको छ ।

सम्मेलन तयारी समितिका संयोजक भक्तबहादुर केसीको अध्यक्षतामा आज (मंगलवार) बसेको बैठकले २ दिने सम्मेलन फागुन पहिलो सात गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा शिक्षा, स्वास्थ्य, कृषि र पशु, आर्थिक विकास, विकासमा जनसहभागिता, सामाजिक समावेशीकरण, महिला नेतृत्व विकास, पूर्वाधार विकासलगायत विषयमा कार्यपत्र प्रस्तुतपछि टप्पणी र छलफल हुने त्यसले गुरुयोजनामा प्रवेश पाउने सदस्य पूर्णचन्द्र उपाध्यायले जानकारी दिए ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकाले बनाउन गइरहेको गुरुयोजना निर्माणमा सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले भने,‘– खजुराको समुन्नत विकासका लागि सम्मेलन गर्न गइरहेका छौं यसले हामीलाई गुरुयोजनामा सहयोग पु¥याउँछ ।’

सदस्य सचिव किरण ढकाल, सदस्य इन्द्रबहादुर थापा, ज्ञानोदय माविका प्रचार्य ऋषिराम सापकोटा, अधिकारकर्मी प्रकाश उपाध्याय, स्वास्थ्य क्षेत्रका जानकार तथा अगुवा धनीराम ओलीलगायतले सम्मेलनलाई परिणाममुखी बनाउनु पर्नेमा जोडदिए ।

सम्मेलनमा देशभित्र तथा विदेशमा रहेका खजुराका अग्रजहरुको पनि सहभागिता हुने जनाइएको छ ।