नेपाल मगर संघ बुटवल उपमहानगर समितिमा नेतृत्व चयन

२४ पुस, बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अध्यक्षमा थर्क बहादुर बारघरे मगर निर्वाचित भएका छन ।

नेपाल मगर संघको बुटवलमा सम्पन्न १० औं अधिवेशनबाट बारघरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । उपाध्यक्षमा बसन्ती साठिघरे मगर ६० मतका साथ निर्वाचित भएकीे छिन । उपाध्यक्षका अर्का प्रत्यासी लक्ष्मी पुनले ६ मत ल्याएकी थिइन । त्यसैगरी सचिवमा हेमन्त बुढाथोकी, कोषाध्यक्षमा लुम बहादुर सारु, सहसचिवमा माया सारुमगर निर्वाचित भएका छन । सदस्यहरुमा आकृति थापा, विष्णुमाया थापा, खिमा राना, विजया पुन, विष्णु वलाम्पाके मगर, जया थापामगर, शान्ति विरकट्टा मगर, सन्त बहादुर पुन मगर, दुर्गा बहादुर थापा मगर, नन कुमार सारु मगर, मिन बहादुर सारु मगर, टिका बहादुर थापा मगर, थमन बहादुर थापा मगर, सुर्य बहादुर गाहा मगर, वीर बहादुर गर्बुजा मगर र बिनिता थापा मगर निर्वाचित भएका छन ।

संघका निर्वाचित कार्यसमितिलाई अध्यक्ष मण्डलका संयोजक भोज बहादुर बुढाथोकी र निर्वाचन समितिका संयोजक मधु रानाले विजयी प्रमाण पत्र प्रदान गरेका थिए ।

नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापा, जिल्ला अध्यक्ष गीता सारु, फोनिज रुपन्देही अध्यक्ष सनु थापा लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । अधिवेशनमा ८४ जना प्रतीनिधी तथा प¥यवेक्षक सहभागी रहेका थिए ।