नेपालमा २० लाख बिदेशी पर्यटक उतार्ने सरकारको तयारी

बिन्दु कुमार चौहान
२७ पुस, लुम्बिनी । सन १९१८ मा देशै भरि १० लाख मात्र बिदेशी नागरिकहरु अवलोकन गरेको बेला नेपाल भ्रमण बर्ष २०२० मा २० लाख बिदेशी पर्यटक उतारने नेपाल सरकारले अग्रिम तयारी गरिरहेको खुलासा भएको छ ।

सो कुराको नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्रअधिकारीले लुम्बिनीमा आयोजित बुद्धिष्ट ईन्टरनेशनल ट्राभल्स मार्टको उदघाटन समारोहलाई सम्बोद्धन गर्दै खलासा गरेका हुन ।

संस्कृतिमन्त्री अधिकारीले बुद्धजन्म स्थल लुम्बिनीमा मात्र करीब १२ लाख बिदेशी पर्यटक पाहुनाहरुको आगमनलाई मध्य नजर राखी सरकारले २०२० लाई नेपाल भ्रमण बर्षकै रुपमा घोषणा गरि २० लाख पर्यटक भित्रयाउन गृहकार्यमा जुटिसकेको जानकारी गराए ।

सेप्टेम्बरमा अन्र्तराष्ट्रिय गौतमबुद्ध बिमान स्थलले आफनो हवाईसेवा शुरु गरेपछि बिदेशी पर्यटक पाहुनाहरुको नेपाल आगमनमा दोब्बर बृद्धि हुने मन्त्री अधिकारीले दाबी समेत गरे ।

सो लक्ष्य पूरा गर्न नेपाल सरकारकै आयोजनामा पहिलो पटक बुद्धजन्म स्थल लुम्बिनीमा १७ देशका ट्राभल्स अपरेर्टस र ब्लगरहरुको गोष्ठीे कोसेढंङ्गाकै रुपमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा प्रदेश ५ का पर्यटन मन्त्री लीलागिरीले संघ सरकारको लक्ष्यलाई सघाउन प्रदेश सरकारले पनि आफनो योजना तथा नीति बनाउन जोडतोडका साथ लागि परेकोले सो योजना कार्यन्यनका लागि सरोकारवालाहरु सँग सहयोगको अपेक्षा गरे ।

सो अवसरमा लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ( भिक्षु मेत्तृेयुय ) ईण्डियन ट्राभल्स एशोसिएशनका सीओ आशिश गुप्ता पर्यटन ब्यवसायी सूरजबैद्य, कोरियन कोपरेशनका माईकल लगायतले लुम्बिनी पर्यटन प्रर्बद्धन बारे मक्तब्य ब्यक्त गरेका थिए ।


नेपाल, भारत,चीन, अमेरिका,ताईवान,जर्मन, १७ वटा देशका ब्लगर र टूर अपरेटरहरुको भोली हुने टाईगरहोटलमा बन्द शत्रले लुम्बिनी घाषणापत्र समेत सार्बजनिक गर्ने आयोजकले बताएको छ ।