द्वन्द्वपीडित बालबालिकाहरुलाई खाद्यान्न सहयोग

झविन्द्र देवकोटा
२५ पुस, बुुुटवल । कपिलबस्तु बनकट्टामा रहेको अभियान नेपाल बाल गृहका द्वन्द्वपीडित बालबालिकाहरुलाई जाडोका लागि खाद्यान्न सहयोग गरिएको छ ।

मेलवीन जोन्सको १ सय ४० औं जन्मजयन्तीको अवसरमा लायन्स क्लव अफ बुटवल मनि उजेशले २० हजार बरावरको खाद्यान्न सहयोग गरेको हो । कार्यक्रममा क्लवका अध्यक्ष सृष्टि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ३२५ बी टुका डिष्ट्रिक ट्रेजर सुनिता श्रेष्ठले बालगृहका संस्थापक तिलक शाहीलाई उक्त सहयोग प्रदान गरेका थिए ।

सहयोग प्रदान गर्दै श्रेष्ठले सामाजिक उत्तरदायित्व वहन गर्ने गरि विभिन्न समयमा विभिन्न समस्यामा परेकाहरुलाई क्लवले सहयोग गर्दै आएको बताए । उनले क्लवले द्वन्द्वपीडित बालबालिकालाई मात्र होईन आगलागी, बाढिपहिरो लगायतका विपतमा परेकाहरुलाई सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।

लायन्स सोनाली गुरुङ्गको संचालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक नेहा अग्रवाल लगायतले आआफ्न भनाई राखेका थिए । क्लवले आटा, चिउरा, तेल, चालम, विस्कुट लगायतका दैनिक उपभोग्य बस्तु वितरण गरेको हो ।

सो अवसरमा क्लवले मेलवीन जोन्सको १ सय ४० औं जन्मजयन्तीको अवसरमा केक काटेर बालबालिकालाई खुवाएको थियो ।