तनावयुक्त जीवन शैलीले मानिसलाई विकृतदिशातर्फ उन्मुख गर्याे : ओशो शैलेन्द्र

झविन्द्र देवकोटा
२८ पुस, बुुुटवल । ओशोमार्गका सत््गुरु ओशो शैलेन्द्रले तनावयुक्त जीवन शैलीले मानिसलाई विकृतदिशातर्फ उन्मुख गराएको बताए ।

विभिन्नखाले प्रलोभन र लोभको अभिलाषा बोकेका मानिसको दिनचर्या विलासि बन्दै गएकाले मानिस तनावको शिकार हुदै गएको उनले बताए । शनिबार बुटवलमा भएको एक दिने सत्संग प्रवचन, प्रश्नोत्तर तथा ध्यान प्रयोग कार्यक्रममा सम्बोधन गर्न आएका ओशो शैलेन्द्रले सञ्चारकर्मीसंग कुरागर्दै ध्यान र एकाग्रताले मात्र मानिसको अहिलेको तनावलाई मुक्त गर्न सकिने सुझाव दिए । उनले आफुसँग भए भन्दा धेरै बस्तुको अपेक्षा र चाहना गर्दा मानिस तनाव समस्यामा परेकाले तनावकै कारण एक्लोपन तथा दाम्पत्य सम्वन्ध विच्छेदका घटनामा वृद्धि भएकाले तनावमुक्त जीवनशैली अहिलेको अवश्यकता भएको बताए ।

कसौधन महिला समिति बुटवलको आयोजना तथा बुटवल, मंगलापुर, भैरहवा, पाल्पा लगायतका ध्यान केन्द्रहरुको सहआयोजनामा भएको कार्यक्रममा ओशो शैलेन्द्रले जीवनजिउने कला, तनावमुक्त जीवनशैली, आध्यात्मिक चिन्तन लगायतका विषयमा प्रवचन दिने छन । कार्यक्रममा नेपालका विभिन्न स्थानका ८ सय जनाले सहभागिता जनाएको आशोमार्गी गिरीप्रसाद गैरेले जानकारी दिए ।

यसैबीच नेपालमा ओशोमार्ग सम्वन्धी ६० बढी केन्द्रहरु खोलिएको र मुलुकभरी २ लाखजति ओशोमार्गीहरु रहेको आचार्य ओशो मैत्रेयले जानकारी दिए ।