जेष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य शिविर

२३ पुस, बाके । खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य शिविरमार्फत घरदैलोमै सेवा दिएको छ ।

नमूना गाउँपालिका निर्माणका लागि त्यस क्षेत्रभित्र बसोबास गर्ने नागरिक स्वस्थ हुन जरुरी रहेको भन्दै खजुरा गाउँपालिकाले ८ वटै वडामा पुगेर स्वास्थ्य शिविर संचालन गरेर सेवा दिएको हो ।

सामाजिक सुरक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकका लागि आँखा, कान, मधुमेह, उच्च रक्तचाप जाँच गर्नुका साथै उनीहरुलाई १५ दिनका लागि निःशुल्क औषधी वितरण गरिएको
छ ।

यसरी वडा वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधी उपलब्ध गराएपछि जेष्ठ नागरिक हर्षित भएका छन् । टाढा अस्पतालसम्म पुग्न नसक्ने आफुहरु जस्ता नागरिकलाई दैलोमा सेवा प्राप्त गर्न पाउनु खुशीको कुरा हो वडा नं. ८ रनियापुरमा आयोजित शिविरमा सहभागी एक जेष्ठ नागरिकले आफ्नो भावना पोखे ।

स्वास्थ्यका विभिन्न समस्या झेलिरहेका जेष्ठ नागरिकले शिविरमा संचालित विशेषज्ञसहितको सेवाले आफुहरुलाई टेवा पु¥याएको बताएका छन् । खजुरा गाउँपालिका क्षेत्रमा रहेका २ हजार ३४९ जेष्ठ नागरिकलाई आँखा, कान, मधुमेह, उच्च रक्तचापलगायतका सेवा दिने उद्देश्यले यही पुस १६ गतेदेखि २३ गतेसम्म वडा पुगेर गरिएको स्वास्थ्य शिविरमा १ हजार ५ सय बढीले सेवा लिएका छन् ।

ती मध्ये सबैभन्दा बढी आँखाका १ हजार ८४, कानका ३ सय २६ र मधुमेहका १०९ जना बिरामी भेटिएका छन् । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति गाउँपालिकालाई नमूना बनाउने प्रयास भइरहेकोमा त्यसका लागि नागरिक स्वस्थ हुनु पहिलो शर्त भएको बताउँछन् ।

उनले जेष्ठ नागरिकका लागि २ पटकसम्म स्वास्थ्य परीक्षण गर्ने लक्ष्यले खजुरा गाउँपालिका अगाडि बढेको बताउँदै संचालित शिविरबाट जेष्ठ नागरिक लाभाविन्त भएको उल्लेख गरे ।

फत्तेवाल आँखा अस्पताल, व्रिनोज कान अस्पताल, भेरी अंचल अस्पताल नेपालगन्ज र क्यान्सर अस्पताल खजुराले विशेषज्ञसहितको टीम पठाएर प्राविधक सहयोग गरेको थियो । त्यस्तै डा. राजन पाण्डे, विनोद कर्ण, जे शर्मा मेडिकल, शाक्य मेडिकल, कोयष्ट फर्मास्च्युटिकल र ब्लुक्रस फर्मास्च्युटिकलले औषधी सहयोग पु¥याएको निः शुल्क स्वास्थ्य शिविर संचालन संयोजक लक्ष्मी केसीले बताइन ।

वडा नंं. ८ का वडाध्यक्ष फिरोज खानको अध्यक्षतामा सोमवार आज भएको समापन कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहहादुर केसी, विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायले महत्वपूर्ण सेवामध्येको स्वास्थ्य सेवा भएकाले नागरिकलाई दैलोमै सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरिएको बताए ।