चौथौ बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिता २०७५ छात्र/छात्राको उपाधि नबिन र ललितालाई

२७ पुस, बुटवल । मदन भण्डारी एकेडेमीको १० औ स्थापना दिवसमा आयोजना गरिएको चौथौ बटौली ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिताको उपाधि कोरिया नेपाल ईन्च्युट अफ टेक्नोलोजी (केएनआईटी) का नबिन घिमिरेले हात पारेका छन ।

उनले १६.१०.३० मिनेटमा दौड पुरा गरि उपाधि हात पारेका हुन । यसैगरि प्रतियोगितामा (केएनआईटी) कै किसन सुनार १६.२८.३५ मिनेटमा दौड पुरा गरि दोस्रो र नहरपुरमाविका आशिष श्रेष्ठले १७.०८.४४ मिनेटमा दौड पुरा गरि तेस्रो भएका छन ।

यसैगरि छात्रातर्फको नबिन औद्योगिक कद्यर बहादुर माविकी ललिता पाण्डे प्रथम भएकी छिन । उनले २१.१२.३० मिनेटमा दौड पुरा गरिन । कालिका मानवज्ञान माविका मिना ज्ञवालीले २३.००.०९ मिनेटमा पुरा गर्दै दोस्रो भईन भने नहरपुरमा माविकी खिमा शेरचनले २३.०७.३० मिनेटमा दौड पुरा गर्दै तेस्रो भईन । दौड योगीकुटीबाट शुरु भएर महेन्द्रपार्क, नेबिल बैक हुदै ट्राफिक चोकमा पुगेर समापन भएको थियो ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, मदन भण्डारी एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्य, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसका रोशन कंडेल, वडा नं. ६ का वडाअध्यक्ष जगदिश आचार्य, एकेडेमीका अध्यक्ष विकास जंग बस्नेत, सचिव नवसुजित भण्डारीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले खेलकुदमा निरन्तर अभ्यास जरुरी हुनुपर्ने बताए ।

खेलकुदको क्षेत्रमा स्थानिय सरकारले प्राथमिकतामा राखेको उनको दाबी छ । एकेडेमीका केन्द्रिय उपाध्यक्ष ध्रुव आचार्यले खेलाडी राष्ट्रको गहना भएको बताए । सरकारले खेलको महत्वलाई जोडेर पूर्वाधारमा लगानी बढँएको उनको दाबी छ ।