कांग्रेस क्षेत्रिय समितिको बृहत वैठक, माघ ३ को जनप्रर्दशन सफल बनाउन भुमिका खेल्ने प्रतिवद्धता

२६ पुस, बुटवल । स्थायी राजधानी तोक्न माग गर्दै नेपाली कांग्रेसले माघ ३ गते बुटवलमा गर्ने बृहत जनप्रर्दशनलाई सफल बनाउन सक्रियताका साथ भुमिका खेल्ने कांग्रेस क्षेत्र न २ ले निर्णय गरेको छ ।

जनप्रर्दशनलाई ऐतिहासिक बनाउन र व्यापक जनसहभागिता जुटाउनका लागि कांग्रेसका नगर, वडा तथा टोल समितिहरुको परिचालन तथा प्रचार प्रसार तिव्र बनाउने निर्णय पनि गरिएको छ । क्षेत्रिय सभापती हरि लम्शालको अध्यक्षतामा बिहिबार बुटवल २ मा रहेको पार्टि कार्यलयमा बसेको बृहत वैठकले दुई तिहाई वहुमतको आडमा जनभावना विपरित राजधार्नी सार्ने सम्मको षडयन्त्रका विषयमा सचेत हुन सबै जिल्लावासीहरुमा आग्रह गरेको छ ।

वैठकमा क्षेत्र न २ अन्तरगतका २३ वटा वडाहरुका सभापतीहरु बुटवल तिलोत्तमा तथा सैनामैनाका नगर समितिका पदाधिकारी तथा सदस्यहरुले सबै कांग्रेसका क्रियाशिल सदस्यहरुलाई परिचालन गर्ने र प्रतेक घरवाट माघ ३ गते बुटवलमा जनसहभागिता गराउने विषयमा निर्णय भएको छ ।

सो अवसरमा बोल्दै सभापती लम्सालले शेर वहादुर देउवा नेतृत्वको विगतको सरकारले बुटवलमा अस्थायी राजधानी तोकेपनि राजनितिक आग्रह पुर्वाग्रहमा यहांवाट अन्यत्र सार्ने कुरा बुटवलका सर्बसाधारणहरुका लागि स्विकार्य नहुने बताए ।

यहांका सघ संस्थाहरुले आफ्ना कार्यालय देखि सबै संरचना त्यागेर राजधानी राखेपनि अव यसलाई अन्यत्र लैजाने कुरा कदापी नहुने उनले बताए ।
क्षेत्रिय उपसभापती परशुराम ढकालको स्वागत तथा सचिव परमानन्द भट्टराईको संचालनमा भएको बृहत वैठकमा नेपाली कांग्रेसका महासमिति सदस्यहरु युवराज गिरी, रामवहादुर कार्की,यमवहादुर खत्री, काजिमान श्रेष्ठ, बुटवल उपमहानगर सभापती खेलराज पाण्डे लगायतले कार्यक्रम सफलताका लागि सुझाव राखेका थिए ।

क्षेत्र भित्र रहेका पार्टिका विभिन्न भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरुलाई परिचालन गरि यस क्षेत्रबाट जनसभागिता बृद्धि गर्नु पर्ने धारण पनि उनिहरुले राखेका थिए । साथै वैठकले भर्खरै राजधानीमा सम्पन्न राष्ट्रि सहकारी वैकको केन्द्रिय सदस्यमा निर्वाचित क्षेत्रिय सचिव माधवलाल देवकोटालाई बधाई ज्ञापन गर्ने निर्णय गरिएको छ ।

माघ ३ गते यो प्रदेशको अस्थायी राजधानी बुटवलमा तोकिएको एक वर्ष पुग्दै छ । तर प्रदेश सरकारले एक वर्षको अवधीमा पनि स्थायी राजधानीका लागि पहल नगरेको र यहांवाट अन्यत्र सार्ने षडयन्त्र भैरहेको कांग्रेसको आरोप रहेको छ ।


यसको भण्डाफोर गर्न ३ गते पार्टिका केन्द्रिय नेताहरुको सहभागितामा जनप्रर्दशन तथा खवरदारी सभाको आयोजना गरिएको यस अघि नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।