उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं.१३ बि र ४ विजयी

२८ पुस, बुटवल । बुटवलमा जारी उजिरसिह रनिङ्ग शिल्ड वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७५ अन्तरगत शनिबार भएको खेलमा वडा नं. ४ र वडा नं. १३ बि विजयी भएका छन ।

बुटवल उपमहानगरपालिका र बुटवल क्रिकेट विकास समितिको संयुक्त आयोजनामा जारी प्रतियोगितामा वडा नं. ४ ले वडा नं. ७ माथि ७ विकेट तथा वडा नं. १३ बि ले वडा नं. २ माथि ३९ रनको जित निकालेका हुन ।

नहरपुर माविको खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गर्न मैदान छिरेको वडा नं. ७ का ब्याट्सम्यानहरुले १६ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय १५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि उमेश गौतमले ४० तथा सन्दिप पुनमगरले २६ रन जोडेका थिए ।

वडा नं. ४ का माधव श्रेष्ठले ३ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ४ का ब्याट्सम्यानहरु १४.२ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेका थिए ।

उसका लागि माधव श्रेष्ठले ५५ र राहुल भट्टराईले १७ रनको योगदान दिएका थिए । वडा नं. ७ का एजाज आलमले २ विकेट लिएका थिए । खेलमा वडा नं. ४ का माधव श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।

यसैगरि शनिबार भएको अर्को खेलमा टस जितेर वडा नं. २ ले ब्याटिङ्गको निम्तो दिएपनि मैदान छिरेको वडा नं. १३ बि का ब्याट््सम्यानहरुले १६ ओभरमा १ सय ८४ रनको लक्ष्य खडा गरेको थियो ।

खेलमा सन्दिप सुनारले १ सय १५ रन तथा रबि गहतराजले ३४ रनको योगदान दिएका थिए । वडा नं. २ का प्रवेश सुनारले ५ विकेट लिएका थिए । विशाल लक्ष्य पछ्याएको वडा नं.२ का ब्याट्सम्यानहरु पुरै ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रनमात्र जोड्न सफल भएका थिए ।

उसका लागि सन्जोगले ४१ र प्रवेश सुनारले ३२ रनको योगदान दिएका थिए । खेलमा रोशन थापा र सन्दिप सुनारले समान ३–३ विकेट लिएका थिए । वडा नं. १३ बि का सन्दिप सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।  आईतबार क्वाटरफाईनल खेलमा वडा नं. ३ ले वडा नं. ९ तथा वडा नं. १ ले वडा नं. ४ संग प्रतिस्प्रर्धा गर्नेछन ।

प्रतियोगिताको उपाधि विजेताले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद १२ हजार ५ सय, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा एक जना सर्वोत्कृट खेलाडीलाई म्यान अफ दी सिरिज, एक जना उदयमान खेलाडी तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानबाट पुरस्कृत गरिने छ ।