आवश्यक बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः नुरुद्दिन

२३ पुस, बुुटवल । श्री आवश्यक बचत तथा ऋण सहकारी संस्था बुटवलको छैठौ साधारण सभा तथा दोस्रो अधिवेसन बुटवलमा सम्पन्न भएको छ ।

अधिवेसन बाट आगामी कार्यकालको लागि पुनः नुरुद्दिन शाहको अध्क्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ गठन भएको कार्यसमितिको उपाध्यक्षमा पवन कुमार अग्रहरी, सचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा मुकेश कुमार वर्णवाल चयन भएका छन् ।यस्तै सदस्यहरुमा पारसनाथ कहारी, मनोज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राज कुमार गुप्ता, वेदना राई, हुस्ना वानु चयन भएका छन् ।

यस्तै विष्णु बहादुर खत्री संयोजकत्व रहेको लेखा समितिको सदस्यहरुमा रिम बहादुर सारु र लक्ष्मण गौतम रहेका छन् ।

यस अघि आयोजना गरिएको साधारण सभामा बुटवल उपमानगरपालिका का प्रवक्ता राम प्रसाद रेग्मीले सहकारीको माध्यमबाट समाज परिर्वतनमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताएका थिए । यस्तै कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहकारी विभाग नायव शुब्बा गुणाखर खनाल, लुम्बिनी फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष केशव कुँवर, संस्थाका उपाध्यक्ष पवन कुमार अग्रहरी, लेखा समिति संयोजक टिकाराम गैरे, कोषाध्यक्ष मुकेश कुमार वर्नवाल लगायतले बालेका थिए ।

कार्यक्रम सञ्चारकर्मी सुमन श्रेष्ठको संयोजकत्वमा भएको हो ।