२० करोड कारोबार गर्दै सकियो तिलोत्तमा महोत्सव

१८ मंसिर, तिलोत्तमा ।
राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार बिबिधीकरण भन्ने मुल नाराका साथ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ को समापन भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजना तथा उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा यही मंसिर ६ गतेदेखि संचालित महोत्सव हिजो १८ गते समापन भएको हो ।
विभिन्न क्षेत्रसंग सम्बन्धित ४ सय स्टल रहेको महोत्सवमा २० करोडको आर्थिक कारोवार भएको र २ लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सव मुल आयोजक समिति संयोजक तथा उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखा अध्यक्ष सत्यब्रत ज्ञवालीले बताए ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उत्पादक र उपभोक्ता बीचको प्रत्यक्ष मिलन बनाउन महोत्सवको महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरे । आर्थिक गतिबिधिको थलोको रुपमा हेरिने विभिन्न महोत्सवहरुमध्ये स्थानीय उत्पादनलाई प्राथमिकता दिने काममा अन्य महोत्सव भन्दा तिलोत्तमा महोत्सव अगाडी देखिएको उनले बताए । नेपाल कृषिमा आधारित अर्थतन्त्रमा निर्भर रहेका कारण अब तिन बटै सरकारले कृषिलाई प्राथमिकता दिने भएकोले नीजी क्षेत्रले पनि त्यसमा सहयोग गर्न आग्रह गरेका थिए।
कार्यक्रममा आयोजकको तर्फबाट मन्तव्य राख्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवहरुमा सरकारी क्षेत्रको सक्रिय भूमिका हुनुपर्ने माग राखे । उनले सरकारलाई राजश्व तिर्ने देखि हरेक काममा नीजी क्षेत्रले सहयोग गर्ने गरेको बताउँदै सरकारी तवरबाट पनि उद्योग मैत्री कानुन निर्माण गर्ने, उत्पादन मैत्री, उद्योग मैत्री वातावरण तयार गर्ने लगायतमा ध्यान दिनको लागि आग्रह गरे ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले अगाडी सारेका कृयाकलापमा महोत्सवले गरेको सहयोगको खुलेर प्रशंसा गरे । उनले अब टुटेर हैन जुटेर मात्र कुनैपनि क्षेत्रको विकास सम्भव हुने भन्दै तिलोत्तमा नगरपालिका भित्र रहेका तीनवटा नीजी संस्थालाई मर्ज गरी आगामी महोत्सवहरुमा अझ बढी उद्योग, व्यापार, कृषि, पर्यटन लगायतको प्रबद्र्धनमा सहयोग गर्नको लागि आग्रह गरे । साथै उनले आगामी महोत्सवको सिजनसम्म तिलोत्तमामा सरकारी जग्गाको व्यवस्थापन गरी स्थायी जग्गा उपलब्ध गराउने कुरामा नीजी क्षेत्रसंग हातेमालो गर्ने समेत प्रतिबद्धता जनाए ।
महोत्सवमा रिडिको ऋषिकेश मन्दिर, रुरु क्षेत्र, कालिगण्डकी बाट गुल्मी, पाल्पा र स्यांजा जोडने झोलुंगे पुल, पाल्पाको रानीमहल, रानीमहल भित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण पश्चात देखिने दृश्यलाई डिजिटल प्रबिधिबाट अवलोकनको व्यवस्था, लुम्बिनी सम्बन्धि फोटो प्रदर्शनी, तिलोत्तमा नगरपालिका भित्र रहेका नेपाल सरकारको सूचीकृतमा परेका पर्यटकीय क्षेत्रहरु ९वनवाटिका, वाउन्नकोटी सामुदायिक वन० को अवलोकन लगायतको व्यवस्था मिलाइएको थियो ।
साथै महोत्सवमा विश्वको सबैभन्दा ठुलो चरा अष्ट्रिचको अवलोकन, थारु संस्कृतिको होमस्टे, अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगिता, ५ ए साइड फुटवल प्रतियोगिता, कुस्ती प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, तिलोत्तमा डान्स आइडल लगायतका कार्यक्रमहरु सम्पन्न भएको आयोजकले जनाएको छ ।
मेला सचिवालय संयोजक अनिल कुमार ज्ञवालीको संचालन तथा सह आयोजक संस्था तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलको स्वागत मन्तव्यमा सम्पन्न समापन समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमादेवी काफ्ले, नेकपाका प्रदेश स्तरीय नेता विश्वराज बराल अनुप, राजपाका केन्द्रीय प्रबक्ता प्रशान्त गुप्ता, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्लिराज भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधब भण्डारी, लुम्बिनी प्रेश क्लबका महासचिव नरेस केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महोत्सवको उद्घाटन सत्रमा निकालिएका ¥यालीमध्ये उत्कृष्ट चारबटा ¥यालीलाई सम्मान, महोत्सवको मुख्य प्रायोजक, प्रायोजक लगायतलाई सम्मान, विभिन्न विधामा उत्कृष्ट स्टललाई सम्मान, विभिन्न सरकारी कार्यालयलाई सम्मान तथा महोत्सवका विभिन्न उपसमिति संयोजकहरुलाई सम्मान समेत गरिएको थियो ।