स्मृति कप : होराइजन र सेन्ट जोसेफ विजयी

१८ मंसिर, बुटवल । बुटवलमा जारी प्रथम स्मृति कप अन्तरविद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा होराइजन जिविएस र सेन्ट जोसेफ भलवारी विजयी भएका छन् ।

होराइजन र तिनाउ इङलिस् बोर्डिङ स्कूलबीच भएको खेलमा होराइजन जिविएस १÷० को गोल अन्न्तरले विजय भएका हो । होराइजन जिविएसका कुमार थापाले गरेका थिए । दोस्रो खेलमा सेन्ट जेसेफ विजयी भएको हो । त्यस्तै आज बुधबार चार खेल हुनेछ ।

पहिलो खेल प्रभात मावि सैनामैना र नविन औद्योगिक कदरबहादुर रिता माविबीच, दोस्रो खेल कृष्टल नलेज मंगलापुर र शिवपुर मावि हुनेछ । भने अको खेल स्कलर्स होम बोर्डिङ स्कूल टिम बी र नमूना इङलिस बोर्डिङ स्कूल र अन्तिम खेल लड बुद्ध इङलिस बोर्डिङ स्कूल र क्यानन माविबीच हुने स्मृति स्पोर्टर्स क्लवका अध्यक्ष महेश खनालले जानकारी दिए । प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ ।