स्थानीय सरकार त आयो, हाम्रा समस्या झन् थपिए : हाटबजार ब्यवसायी

झविन्द्र देवकोटा

१८ मंसिर, बुटवल । रुपन्देहीका हाटबजार ब्यवसायीहरुले जनप्रतिनिधिमुखि सरकार मुलुकमा आएतापनि ब्यवसायिका समस्या झन जटिल बन्दै गएको गुनासो गरेका छन् ।

पहिले थोेरैथोरै बैठकिकर बुझाउदै आएका ब्यवसायीहरुले स्थानीय सरकार गठनभएसँगै ४ सयदेखि ६ सयसम्म बैठकीकर वृद्धि भएको प्रति आपत्ति जनाएका हुन् । हाटबजार ब्यवसायी संघ रुपन्देहीको बुटवलमा भएको १३ औं स्थापना दिवस तथा साधारणसभामा सहभागि भएका हाटबजार ब्यवसायिहरुले करको वृद्धिसँगै स्वरोजगार पेशा गरि जीविका चलाई रहेका ब्यवसायीप्रति गर्ने ब्यहारलाई स्पष्ट पारेको बताएका छन् ।

कार्यक्रममा ब्यवसायिका समस्या राख्दै संघका अध्यक्ष भीमलाल ज्ञवालीले एकातर्फ बैठकीकर धेरै असुल्ने स्थानीय सरकारले हाटबजार क्षेत्रमा पुर्वाधार निर्माणमा बेवास्था गरेर हाटबजार ब्यवस्थापनमा समेत समस्या थपि दिएको आरोप लगाए । उनले रुपन्देहीका विभिन्न १ सय २० स्थानमा हाटबजार लाग्ने र त्यहाबाट ५० हजारबढीले प्रत्यक्ष रोजगारी पाउदापनि स्थानीय सरकारले पुर्वाधारवृद्धिमा चासो नदिदा हाटबजार ब्यवसायि विस्थापित हुने दरमा पनि बृद्धि हुने गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विकले ब्यवसायिका समस्याहरु धेरै भएकाले त्यसतर्फ जिल्ला समन्वय समिति सकारात्मक रहेको बताए । उनले स्थानीय तहले ब्यवसायिका समस्या सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डे, बुटवलका पुर्वमेयर पुनाराम पोखरेल, नेकपाका नेता बाबुराम पन्थी, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, जिफन्टका नेता हरि कार्की, लुम्विनी फलफुल तथा तरकारी ब्यवसायी संघका अध्यक्ष केशव कुवर, संघका उपाध्यक्ष छवीलाल चापागाई, महासचिव नेत्रप्रसाद पोखरेल लगायतले हाटबजार ब्यवसायिका समस्या स्थानीय सरकारले समाधान गर्नुपर्ने बताए ।