सफलताको एक मात्र सूत्र – निरन्तरता

ज्यो. चक्रपाणी डुम्रे ( शास्त्री)

संसारमा सबैले सफलता चहान्छ्न् । सफलता के हो भन्ने कुरा संबंधित पात्रमा पनि भर पर्ने कुरा हो ।

तर धेरै मानिस असफलताको सिकार बनेका छ्न् किनकि उनिहरू आफ्नो पुर्ण योजना पुर्तीको अभावमा आफ्ना केही सफलतालाई पनि चिन्न सकेका हुदैनन् । सफलता हुनु भनेको एकैचोटिमा पुर्ण लक्ष्य प्राप्त गर्नु मात्र होइन । तेसो त असफलता पाउनु पनि असफलता होइन । तेसैले भनिएको पनि छ असफलता नै सफलताको प्रतीक हो । असफलताले त थप नवीन उर्जा थप्नु पर्दछ ।

निश्चय पनि हामी काम नवीन लक्ष्य राखेर जोस र जागरका काम प्रारम्भ गर्दछौं । काम गर्दै गर्दा जब हामी माझ केही विघ्न , केही बाधा , कठिनाइ ,अथवा भनौं केही प्रतिकुलता कारण हामी तो काम बाट भाग्दछौ , रोक्दछौ अथवा तो काम बिघ्न सङ्ग डराएर काम गर्नै छाडिदिन्छौ ।
नितिमा भनिएको छ ” प्रारभ्यते न खलु विघ्नभयेन नीचै:, प्रारभ्य विघ्नविहिता विरमन्ति मध्या: । विघ्नै: पुन: पुनरपी प्रतिहन्यमाना:, प्रारभ्य चोत्तमजना न परित्यजन्ति” ती निच कायर हुन जो विभिन्न बिघ्न,अफ्ट्यारा र कष्टहरूको त्रासले कार्य प्रारम्भ नै गर्दैनन् । ती मध्यम हुन् जसले प्रारम्भ त गर्छन तर कार्य गर्दै गर्दा आइपरेका समस्याका कारण बिचमै काम छाड्छन् । अनि ती उत्तम हुन् जसले जस्तोसुकै बिघ्न बाधाका बाबजुद पनि कार्य सम्पादन गरेर आफ्नो लक्ष्य प्राप्त गर्दछन् । हामी पनि सफल हुने हो कठिनाइ सङ्ग भागेर होइन प्रतिकुलतालाई संघर्षका माध्यमबाट तह लागाउन सक्नु पर्दछ, किनार लागाउनु पर्दछ ।

के थाहा तो कठिनाइ ईश्वरको परिक्षा पनि त हुन सक्छ ।
कतै कुनै जङ्गल एक जना ऋषि तपस्यामा बस्नु भयो । असाध्यै गहिरो ध्यानमा डुब्नुभयो । उहाँको कठोर तपस्या देखेर भगवान साह्रै खुसी हुनु भो । तर पनि भगवानको मनमा एउटा अनौठो भावना उत्पन्न भएछ । होइन, यी ऋषि साच्चै नै तपस्यामा बसेका हुन त ? यिनको ध्यान जाच्नु परो भनी तपस्यास्थल नजिकै जानू भएछ र विषालु किरा हरू उत्पन्न गराइ ऋषिको शरीरमा छाडिदिनुभएछ । ती विषालु किराहरूले ऋषिको शरीरमा टोक्न थालेछ्न् । भगवान अलि पर बसेर नियाल्न थाल्नु भएछ । जब किराहरू टोकेर विस फैलाउन थाले, सर्पले डस्न थालो, बिच्छी खजुराले गहिरो टोक्न थाले । ती बिषालु किराहरूले ऋषिको शरीर भरी विस नै विस प्रवाह गरिदिए , तर ऋषि भने ऐया समेत नभनी गहिरो ध्यानमा डुब्न थाले। अन्तिममा केहि सिपन नलागी भगवानले सबै किराहरूलाई नष्ट गरेर ऋषिको नजिक आएर भन्न थाल्नु भो – हे ऋषि आँखा खोल । म साक्षात् भगवान तिम्रो नजिक आएको छु । के वर माग्छौ म मागे भन्दा बढी नै दिने छु। तर, एउटा कुरा तिमिलाई सोध्न चाहन्छु । ऋषि ,जब तिमी ध्यानमा थियौ त्यतिका धेरै विषालु किराहरूले तिमीलाई टोकिरहेका थिए, तर तिमी ऐयाआत्थु नभनेर ध्यानमा मात्र डुबिरहन सक्यौं । किन तिमीलाई दुखेन ? यसको रहस्य के हो ? तब ऋषि बिस्तारै आँखा खोलेर भगवानलाई नमस्कार गर्दै भन्न थाले यो जगतमा तपाईंले जसलाई जुन जिम्मेवारी दिनु भएको छ । त्यो पूरा गर्नु उनिहरूको कर्तव्य हो । किराहरूको काम टोक्ने हो, उनिहरू टोकिरहेका छन, मेरो काम ध्यान गर्ने हो म ध्यान गरिरहेको छु । हो हामी सबै आआफ्नो काम गरिरहेका छौं । यसकारण मलाई किराहरूको टोकाइले कुनै असर गरेन । यहि हो सफलता को रहस्य । कुनै पनि पिडाहरूलाई प्रवाह नगरी निरन्तर आफ्नो काममा सङ्लग्न रहनु नै सफलताको रहस्य हो ।

तसर्थ आउनुहोस् असफलता सङ्ग डराएर होइन संघर्ष गरेर अघि बढौ । असफलताको आयु छोटो हुन्छ । कठिनाइका बाबजुद पाएको सफलताकाे महत्त्व धेरै हुन्छ । संघर्षको यो यात्रामा आइपरेका कठिनाइ, आरोह, अवरोहलाई सहज र सहजरूपमा लिदै निरंतर अघि बढौ । निरंतर संघर्ष गरेर मात्र सफलता प्राप्त गर्न सकिन्छ । अस्तु ।

( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )