मसिनामा बिष्णुमहायज्ञको शुभारम्भ

१९  मंसीर , लुम्बिनी । सनातनधर्मको संरक्षण सम्बद्र्धन हेतु लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. ११ मसिनामा नौ दिवसीय बिष्णुमहायज्ञ शुभारम्भ भएको छ ।
मसिनागाँउका महिलाहरुले दानवनदीको सुर्यपुराघाटबाट जलयात्रा गरि यज्ञमण्डपलाई गंगाजलबाट शुद्धीकरण पश्चात सो यज्ञको शुभारम्भ गरेका हुन ।

महायज्ञमा रात्रीकालीन साँस्कृतिक कार्यक्रम अन्र्तगत बृन्दाबन मण्डली राशलीला ,प्रातःकाल यज्ञाचार्य बालपण्डित बेदब्यास द्वारा कथाप्रबचन भजनकीर्तन समेत भईरहेको यज्ञ संचालन समितीका मुरली प्रसाद बरईले जानकारी गराए ।

बिष्णुमहायज्ञको पूर्णआहूतीका दिन गरीबगुरुवा,सन्तमहात्मा र कुमारीकन्याहरुलाई वस्त्र तथा भोजनदान गराई धर्मसंस्कृति संरक्षण अभियानको थालनी गर्ने आयाजक समितीका भनाई छ ।