मणिग्राममा लाग्यो : पुराना गाडि साटेर नयाँ गाडि चढ्ने मेला

झविन्द्र देवकोटा
२ पुस, बुुटवल । रुपन्देहीको मणिग्राममा पुरानो छोडौ नयाँ चढौं अटो भिल्ला महा एक्चेन्ज मेला २०७५ लागेको छ । नयाँ गाडि चढ्न चाहने पारखीहरुका लागि पुराना गाडि साटेर नयाँ गाडि चढ्ने मेला लागेको हो ।

मणिग्रामको ड्रिमल्याण्ड रिसोटमा पाँच दिन सम्म चल्ने मेलामा रिनाउल्ट, निशान, केटीएम, भेस्पा, एप्रिलीआ, पियाग्जीओ कम्पनीका विभिन्न व्राण्डका गाडिहरु साट्न पाइने छ । जुनसुकै कम्पनीका पुराना मोटरसाईकल, टेम्पो र कारहरु मेलामा लगेर नँया गाडि साट्न मिल्ने अटोभिल्लाका संचालक दिपक श्रेष्ठले जानकारी दिए ।

मेलामा पुराना गाडिको सट्टामा नयाँ गाडि साट्न मात्र होईन मेलामै फाईनान्स, पुरानो गाडिको उत्कृष्ट मुल्यांकन, आकर्षण डिस्काउण्ट, बीमा सुविधा, सजिलो एक्सेन्ज अफरको ब्यवस्था समेत आयोजकले गरेका छन् । मेला अवधीभरी ८० बढी नयाँ गाडि दिने र साही परिमाण अनुसार पुराना गाडि साट्ने लक्ष्य लिएको आयोजकले मेलामा दुई लाख ४० हजारदेखि डेढ करोड सम्म पर्ने गाडि मेलामा राखेका छन् । तीन हजार ग्राहकले मेलाको अवलोकन गर्ने बताउने अटोभिल्लाका संचालक दिनेश श्रेष्ठले मेलामा आउने ग्राहकले मेलामा गाडिको टेष्टड्राईभ, विभिन्न गेमहरु खेल्न पाउने तथा साँस्कृतीक कार्यक्रममा पनि सहभागि हुन पाउने बताए ।

मध्यान्न १२ बजेदेखि सुरु हुने मेला राती ८ बजेसम्म चल्ने छ । मेलामा आउनेलाई कुनै पनि ग्राहकहरुलाई कुनै पनि किसिमको निराशा नहोस भनेर विभिन्न किसिमको खेल तथा मनोरञ्जनात्मक कार्यक्रम राखिएको बताउने संचालक श्रेष्ठले एक्सेन्ज मेलामा नयाँ गाडि लानेलाई विशेष छुट समेत दिईने बताए ।

पुष ५ गते सकिने मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाईकल, टेम्पो र कार साटेर नयाँ लान पाईने ब्यवस्था आयोजकले गरेका छन् ।