भैलो खेलेको रकमबाट बिपन्न बिद्यार्थीलाइ सहयोग

१७ मंसिर, बुटवल । नेपाल मगर बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ समितिले गरिब तथा बिपन्न बिद्यार्थीलाइ शैक्षिक सामग्री तथा स्वीटर हस्तान्तरण गरेको छ ।तिहारमा भैले खेलेर संकलन गरेको रकमबाट सहयोग प्रदान गरिएको हो ।

बुटवलको हाटबजारमा रहेको ज्ञानोदय माबिमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत १५ जना बिद्यार्थीहरुलाइ कापि,पेन्सील,स्वीटर पोसाक हस्तान्तरण गरिएको हो । मगर बिद्यार्थी संघ क्यँम्पस इकाइ अध्यक्ष बसुन्धरा पेमी मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल मगर बिद्यार्थी संघका केन्द्रिय बरिष्ट उपाध्यक्ष बिष्णुकुमार थापाले मगर बिद्यार्थीहरुको सेवा भाबको उच्च प्रशंसा ब्यक्त गर्नुभयो ।

सो अबसरमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका क्याम्पस प्रमुख बाबुराम पाण्डे, ज्ञानोदय माबिका प्राचार्य टीकाराम शर्मा पौडेल,मगर बिद्यँर्थी संघका केन्द्रिय सांगठनीक सचिब तेजबहादुर राना ,जिल्ला अध्यक्ष कमल थापा मगर, इकाइ उपाध्यक्ष ओम प्रसाद सिंजाली मगर,सहसचिब प्रदीप घर्ती मगर,मनिष फाल,सरु थापा इकाइ सचिब बिनोद थापामगर लगायतले बोल्दै बिद्यार्थीहरुको उच्च शिक्षाको कामना गरेका थिए ।