बालमन्दिरलाई सहयोग प्रदान

ललित पाण्डेय

१७ मंसीर, सैनामैना । अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नमुना युथ क्लबले आज रुपन्देहीको सैनामैनामा रहेको सुस्तः मनस्थिती बाल मन्दिरलाई सहयोग प्रदान गरेको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी क्लबले सुस्तः मनस्थिती मन्दिरका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामाग्री वितरण गरेकोे हो । तिहारमा देउसी भैलो खेलेर बचेको रकमबाट बाल मन्दिरमा सहयोग प्रदान गरिएको नमुना युथ क्लबका अध्यक्ष महेश अधिकारीले जानकारी दिनुभयो । प्रत्यक वर्ष बाल मन्दिरलाई सहयोग प्रदान गर्दै सामाजिक क्षेत्रमा क्लब सक्रिय रुपमा लागेको उँहाले बताउँनु भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अथिती सैनामैना नगरपालिकाका शिक्षा शाखा उपसचिब रविन्द्र क्षेत्रीले अपाङ्गगता क्षेत्र जटिल भएकोले महशुस हुने खालको परिवर्तन ल्याउन अफ्ठयारो परेको बताउँनु भएको छ । सैनामैना ८ मा रहेको सुस्तः मनस्थिति बालमन्दिरको लागि नगरपालिकाले बजेट छुट्टाउँदै आएको बताउँनु भएको छ ।

कार्यक्रममा क्लबका संस्थापक नगर सल्लाहाकार कृष्ण प्रुसाद शर्मा, बालमन्दिरका संस्थापका अध्यक्ष लोकनाथ अधिकारी लगायतले कार्यक्रममा बोलेका थिए । क्लबका सल्लाहाकार धनिश्वर शर्माको स्वागत तथा सचिब सन्तोष खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।