दुबै ‘पन्छी’ एकै स्थानमा

विष्णु खत्री

२६ मंसिर, सैनामैना । प्रदेश नं ५ को सानअमित बराललाई खुलेर गरौ सम्मान,नेपालको सान लुम्बिनीको पहिचान,आउँदैछन् दुबै पंक्षी एकै स्थानभन्ने नारा मार्फत रुपन्देहीमा गायक पुष्पन प्रधान र नेपाल आईडलका अमित बराललाई भव्य स्वागत तथा सम्मान गरिएको छ ।

सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यायमा भएको कार्यक्रममा गायक पुष्पन प्रधान र एपीवान टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो नेपालआईडल सिजनटु को टप फाईभमापुग्न सफल मुर्गियाकाअमित बराललाई एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले गायक पुष्पन र अमित दाजुभाई बनेर सैनामैनामाआउँदा निकै खुसी लागेको बताए । कार्यक्रमका प्रमुखअतिथी समेत रहेका कार्कीले अमितले समग्र सैनामैनालाई विश्वसामु चिनाउन सफल भएको भन्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले अमित देशकै गहना भएको बताए । उनले अमित टप फाईभमा पुग्नु ठुलो उपलिब्ध ठानेको उल्लेख गर्दै उज्जवल भविष्यको कामना गरे ।


कार्यक्रममा पुष्पन र अमितले एकै साथ ‘पन्छी’ ‘बाबुको जुंगो’ ‘ठुल्दाजु’ ‘सुन साईली’ लगायतका गीतहरु प्रस्तुत गरे । ‘पन्छी’ गीतमा पुष्पन र अमितले एकै साथ गाउँदा फ्यान र शुभचिन्तकको घुँईचो नै लागेको थियो । अमितले सबैको अपार माँयाले नै आफु यहाँ सम्म आउन सफल भएको भन्दै सम्पुर्ण दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गरे । बरालले सम्पुर्ण सैनामैनाबासी लगायत सबै प्रतिआफु सधै ऋणि रहेको बताए ।


कार्यक्रममा पुष्पन प्रधानले भने – रुपन्देहीबासीको चाहनाको सम्मान गर्दै र अमितआफ्नो जिवनमा विधाता बनेर आएकाले सैनामैनामा सँगै आएको हुँ । गायक प्रधानले अमितको स्वरको खुलेर प्रंशसा समेत गरे ।
कार्यक्रम अमित बरालका बुवा जिवन बरालको अध्यक्षता,सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यता,नेपाली कांग्रेस जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा,गायक पुष्पन प्रधान,नेपाल आईडलको टप ५ मा पुग्न सफल अमित बरालको विशिष्ठ आतिथ्यता,अमितका गुरु बिकाश बोलखे,नेपाल आईडलको टप नाईनमा पुग्न सफल सुर्खेतका सुबिन सिंह,नेकपा नगर संयोजक खुसीराम चौधरी,कांग्रेस नगर सभापति राम प्रसादअधिकारी,लायन्स क्लवअफ सैनामैनाका अध्यक्ष चित्रबहादुर के.सी,सुनगाभा पब्लिक विद्यालयका प्राचार्य तिलब के.सी लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रम विकाश बोलखेको धन्यवाद ज्ञापन तथा खिमश्रे ष्ठको संचालनमा सम्पन्न भएको थियो ।