गैडहवामा सञ्चालन गरिएको शिविरमा १६० लाभान्वित

ललित पाण्डेय

१८ मंसिर, सैनामैना । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकाले मंगलबार अपाङ्गता भएका ब्यक्तिहरुको लागि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको विवरण निकाल्ने काम भईरहेको जानकारी दिए ।

अपाङ्गता भएका ब्यक्तिहरुको जीवनमा सहजता ल्याउँनको लागि गाउँपालिकाले शिविर सञ्चालन गरेको उँहाले जानकारी दिदैं गाउँपालिकाले बजेट छुट्टाएर आगामी दिनमा कार्यक्रम सञ्चालन गरिने आश्वासन दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज भट्टराईले कार्यक्रममा बोल्दै अपाङ्गता भएका ब्यक्तिहरुलाई हौसला प्रदान सम्मान गर्नु पर्ने बताउँदै अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारीलाई सबै एक जुट हुनु पर्ने बताए । गाउँपालिकामा अपाङ्गगता भएका ब्यक्तिहरुको समीति गठन भएको जानकारी दिदैं अपाङ्गगताको क्षेत्रमा गाउँपालिकाले काम सुरु गर्ने भट्टराईले बताए ।

शिविरबाट १६० जना लाभान्वित भएका छन । अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाउँपालिकाको आयोजना र एच.आर.डी गैडहवा अपाङ्गता समन्वयन समितिको सहयोगमा सञ्चालन गरिएको शिविरमा ५८ महिला र ६१ पुरुषले स्वास्थ्य शिविरबाट सेवा लिएका थिए । शिविरमा ८ जना अप्रेशनबाट ठिक हुने अपाङ्गता भएका ब्यक्ति भेटिएका छन । उनिहरुको बनेपामा रहेको अस्पतालमा उपचारको लागि गाउँपालिकाले पहन गर्ने प्रमुख प्रशासकिय अधिकृत भट्टराईले जानकारी दिए ।