रामवन सहकारी प्रोबेशनमा जाने

१ मंसिर, तिलोत्तमा । रुपन्देहिको तिलोत्तमा नगरपालिकामा रहेको रामवन वचत तथा ऋण सहकारी संस्थाले प्रोबेशनमा जान प्रकृया थालेको छ । बचत तथा ऋण सहकारि अभियानमा बढ्दै गइरहेको जोखिम व्यावस्थापनका लागि प्रोव्यासनमा जान सो सहकारिले पुर्ण तथा ब्यावसायिक साकोस बिकास संझौतामा हस्ताक्षर गरेको हो । आगामी १८ महिनाको अवधिमा नेफ्स्कूनले तय गरेका सुचकांकको आधारमा सो सहकारीले प्रमाणिकरण पाउने छ । वचत तथा ऋण दुबैमा प्रत्यक्षरुपमा नै नगदको कारोबार हुने हुनाले यस्तो व्यावसायमा अरुको तुलनामा बढि जोखिम हुने हुनाले नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले बिभिन्न समाधान औजारहरु बिकास गरेको छ ।

रामवनले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा नेफ्स्कूनको तर्फबाट कृष्ण नेपाल, तालिम अधिकृत प्रेमनाथ वाग्ले र फिल्ड कार्यालय बुटवलकी प्रमुख राधाकुमारी पोखरेलको साथै रामवनको तर्फबाट अध्यक्ष बाबुराम भण्डारि, प्रोबेशन कार्यक्रम कार्यदलका संयोजक तथा सहकारीका सचिव खेमराज पाण्डेले संभmौतापत्रमा हस्ताक्षर गरेका छन । पाण्डे संयोजक रहेका प्रोबेशन कार्यक्रमको कार्यादलमा मधुसुदन खनाल, हरिप्रसाद पाण्डे, बिष्णु पाण्डे र तारा पाण्डे सदस्य रहेका छन ।

नेपालमा सहकारीको नियन्त्रण प्रणाली त्यति प्रभावकारि हुन नसकिरहेको सन्दर्भमा नेफ्स्कूनले आफ्ना सदस्य संस्थाको सुशासन व्यावस्थापन मार्फत सदस्यको बचतको सुरक्षा प्रत्याभुत गर्न र बित्तिय सुशानयुक्त साकोस निर्माणका लागि प्रोवेशन कार्यक्रम अगाडि सारेको हो ।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण नेपालले नेफ्स्कूनका सुचकांकहरुबारे संस्थालाई सचेत वनाउदै प्रोवेशनको ब्राण्ड हात पार्न रामवनलाई शुभकामना दिए ।
संस्थाका अध्यक्ष बाबुराम भण्डारीले सदस्यहरुको बित्तिय सुशासनकालागि नेफ्स्कूनका हरेक मापदण्ड मान्न कहिल्यै पछि नपर्ने भन्दै अब बित्तिय सुशासनमा रामवन सधै एक कदम अगाडि हुने दावि गरे ।

कार्यक्रमको संचालन संस्थाका सचिव खेमराज पाण्डेले गरेका थिए ।

साकोस एकरुपता प्रणालीको कार्यान्वयनले साकोस अभियानमा सुशासन स्थापित गर्दा आफूखुशी गर्न नपाईने र संस्था व्यक्ति वा परिवारको नियन्त्रणबाट बाहिर जान्छ की भन्ने सोचले केही व्यक्तिहरु यसको गलत प्रचार गरिरहेको अबस्थामा रामवनले बित्तिय सुशासनमा चालेको यो कदमले संस्थाको बित्तय बिश्वसनियता बढाएको छ ।

 

यो पनि हेर्नुहोस (भिडियो सामाग्री)