बुटवलमा पनि मनाइयो नेपाल सम्वत ११३९

२२ कार्तिक, बुटवल  । बुटवलका नेवार समुदायहरुले नेपाल सम्वत ११३९ सामुहिक रुपमा शुभकामना आदान प्रदान गरि मनाएका छन ।

नेवा पुच, नेवा सेवा विकास परिषदको आयोजनामा नेवा सेवा समिति, भिमसेन नेवा समाज तथा नेवा मयजु खल, नेवा पुच कालिकानगर लगायत यस क्षेत्रका समितिहरुको सदस्यहरुले संखधर साख्वा पार्कमा झाकी, लाखे र नेवारी बाजासहित सामुहिक रुपमा नगरपरिक्रममा गरि ¥याली गरि मनाएका हुन ।


नेवा पुचका अध्यक्ष ज्ञानु लिगलले नेवारी संस्कृतिमा संस्थागत लाग्नुपर्ने बताईन ।  कार्यक्रममा नेवापुचका संस्थापक सदस्य तथा समाजसेवी महेश्वर प्रसाद श्रेष्ठ, अर्घाखाची नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, तिलोत्तमा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, भिमसेन गुठीका कार्यवाहक अध्यक्ष सहदेव श्रेष्ठ, नेवा सेवा समितिका अध्यक्ष चिरन्जीवि श्रेष्ठ, कार्यक्रम संयोजक चिरन्जवी श्रेष्ठ, बिमल बहादुर शाक्य, खेलराज पाण्डे, बिनोद पहाडी, नेवा पुचका उपाध्यक्ष काजीमान श्रेष्ठले संखध्वर शाख्वाको योगदानको सबै समुदायलाई अनुसरण गर्न जरुरी रहेको बताए ।


नेपालमा लिच्छवि राजा राघवदेवका पालामा सम्पुर्ण नेपालीलाई ऋणमुक्त गराईएको दिनका रुपमा संखधर साख्वाले नेपाल सम्वत संचालन गरेका थिए ।