फर्साटिकरलाई उपाधि

२२ कार्तिक, बुटवल । नहरपुरस्थित धन्दापुरमा संचालन भएको कर्नेल उजिरसिह कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधि फर्साटिकर क्रिकेट क्लबले हात पारेको छ ।

उपाधिसंगै फर्साटिकरले नगद २० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । विहिबार भएको फाईनल खेलमा फर्साटिकरले मणिग्राम मज्याई क्रिकेट क्लबलाई १ सय ६३ रनले पराजित गर्दै उपाधि हात पारको हो । उपविजेतामा चित्त बुझाएको मणिग्राम नगद ५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
प्रतियोगीतामा म्यान अफ द टुनामेन्ट तुल बहादुर थापा भएका छन् । राईनो युथ क्लबको आयोजनामा भएको खेलमा टस जितेर मणिग्राम मज्याई क्रिकेट क्लबले फिल्डिड्ड रोजेपछि ब्याटिड्ड गर्न मैदान छिरेको फर्साटिकर क्रिकेट क्लबले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय ६९ रनको विशाल लक्ष्य तयार गरेको थियो ।

 

फर्साटिकरका लागि सुभाष फौदार सतक र तुल बहादुर थापाले अर्धसतक पुरा गरेका थिए । सुभाषले १ सय २३ रन तथा तुल बहादुर थापाले ७५ रनको योगदान दिएका थिए । मणिग्रामका उमेश पाण्डेले २ विकेट लिएका थिए ।
मणिग्राम पुरै २० ओभर खेल्दै ६ विकेट गुमाउदै १ सय ६ रनमा समेटिएको थियो । मणिग्रामका लागि उमेश पाण्डेले ३३ र रबिन बोहराले ४५ रनको योगदान दिएका थिए ।

फर्साटिकरका तुल बहादुर थापाले २ विकेट लिएका थिए । खेलमा म्यान अफ दी म्याच सुवास फौजदार भएको क्लवका सचिव भरत चापागाईले जानकारी दिए ।
कार्तिक १४ गतेबाट शुरु भएको प्रतियोगितामा कपिलबस्तु, नवलपरासी र रुपन्देहीका गरि २२ वटा टिमहरुले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।

एक कार्यक्रमका बिच बुटवलउपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, राष्ट्रिय एम्पायर तथा नेपाल क्रिकेट संघ रुपन्देहीका सचिव सन्जय गुरुड्ड, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, क्लबका अध्यक्ष प्रदिप भण्डारी ले विजेता, उप विजेता , उत्कृष्ठ खेलाडी लाई पुरस्कार प्रदान गरको थिए ।