“नो हर्न” सुधारको सङ्केत तर समस्या हर्न मात्रै होइन

टिकाराम घिमिरे
तिलोत्तमा । बुटवललाई हर्न निशेधित क्षेत्र बनाउने प्रयास सुरु गरिएको छ । ऐतिहाँसिक तथा धार्मिक पर्यटनको महत्वपुर्ण संभावना बोकेको बुटवलमा बढ्दै गएको ध्वनी प्रदुषण केही हदसम्म भएपनि कम हुने अपेक्षा गर्न सकिन्छ । “नो हर्न” नियम लागु भएपछी यस क्षेत्रमा सवारी साधनका कारण हुने गरेको ध्वनी प्रदुषण केही हदसम्म कम हुनेछ । “नो हर्न” मात्रै सुधारको सङ्केत हुन सक्दैन। बुटवलको यातायात क्षेत्र सडक क्षेत्र अत्यन्तै अब्यवस्थित छ ।
सुरुमा यातायातको चर्चा गरौँ ।

बुटवल बाट देशका अधिकांश ठाउँमा सवारी छुट्छन् । पश्चिमबाट पुर्व जाने, पुर्वबाट पश्चिम जाने एउटा महत्वपुर्ण मध्यबिन्दु हो बुटवल । तर बुटवलको यातायात क्षेत्र सोँचेजस्तो राम्रो छैन ।

अब्यबस्थित सवारी पार्किङ –  बुटवलका बिभिन्न सडकमा अब्यबस्थित रुपमा सवारी पार्किङ हुने गरेको छ । जसका कारण शारिरिक रुपमा कमजोर भएकाहरूलाई हिँडडुल गर्न अप्ठ्यारो हुने गरेको छ । अस्पताल लाईन, ट्राफिक चोक, अमर पथ, मिलन चोक, राजमार्ग चौराहा लगायतका क्षेत्रमा अब्यबस्थित रुपमा भईरहेको सवारी पार्किङलाई सुब्यबस्थित गराउनु पर्दछ ।

सार्वजनिक यातायातको मनपरि – स्थानिय रुटमा चल्ने सार्वजनिक यातायातमा नागरिकले सास्ती भोग्न बाध्य छन् । मन परी भाडा असुली क्षमताभन्दा बढी यात्रू राखी सवारी सञ्चालन भईरहेको छ । त्यसो त सार्वजनिक सवारी साधनका चालक र सहचालकले गर्ने ब्यबहार रुखो छ । आरक्षण सिट कार्यन्वेयन हुदैन। कतिपय अवस्थामा बिरामी अशक्त ब्यक्तीहरू उभिएरै यात्रा गरेको हामीले देख्न सक्दछौँ। यो पद्दतीलाई पनि सुधार गर्नुपर्दछ । सार्वजनिक यातायात चढ्दा नागरिकहरूले सास्ती पाउनु हुँदैन । सम्मानपुर्वक यात्रा गर्न पाउनुपर्दछ ।

अव्यवस्थित साना सवारी साधन – बुटवलको क्षेत्रलाई कुरुप बनाउने मध्य साना सवारीहरूको कारण पनि एक हो । जथाभावी रुपमा साना सवारी सञ्चालन हुँदा नागरिक सास्ती भोग्न बाध्य छन् । बुटवलको सहरमा हजारौँ ई९रेक्सा सञ्चालनमा छन् । अरु साना रेक्साहरू पनि सञ्चालनमा छन् । नगरपालिकाले ई – रिक्साहरूका लागी न्युनतम २५ रुपैयाँ भाडादर तोकेको छ तर नागरिक ठगिन बाध्य छन् ।

फुटपाथमा पार्किङ र ब्यापार – नागरिकलाई हिँड्नका लागी सहज होस् भेर सडक मा पेटिको ब्यबस्था गरिएको हो । तर बुटवलका सडकहरूमा पैदलयात्री हिँड्ने ठाउँमा कि त सवारी पार्किङ, कि त फुटपाथमा ब्यापार भईरहेको देखिन्छ। अस्पताल लाईन, बस पार्क क्षेत्र, ट्राफिक चोक क्षेत्र सबैभन्दा बढी अस्तब्यस्त छन् । फुटपाथलाई ब्यबस्थित गरियोस् । पैदलयात्री हिड्ने ठाउँमा सहजतापुर्वक पैदल यात्रूहरू हिड्ने ब्यवस्था गरिनुपर्दछ।

सुधारको काम एकैचोटी हुदैन । सुधारका लागी प्रयास भने गर्नु नै पर्दछ । प्रदेश नंवर पाँचका बिभिन्न शहरहरहरूलाई स्थानिय तहसंग समन्वेय गरेर “नो होरन” प्रयास सुरु गरिएको छ। यो आफैमा सराहानिय छ । तर यसको कार्यन्वेयन उत्तिकै चुनौतिपुर्ण छ। यो नियम लागू गरिनुभन्दा अगाडी केही पुर्व अभ्यास गरिनुपर्दथ्यो। सवारीको गती निर्धारण “नो हरन पद्दती” बारे सवारी चालकलाई जनचेतनाजस्ता कार्यक्रमहरहरू प्रभावकारी होलान् र भन्ने प्रशन् अहिले पनि उठ्छ नै ।

साँच्चिकै ध्वनी प्रदुषण कम गर्नका लागी प्रयास सुरु गरिएको हो भने केही काम गरौँ। सार्वजनिक सवारी साधन भित्र गीत बझाउन प्रतिबन्ध लगाऔँ । यो कार्यले एक त सवारी चालकको ध्यान भङ्ग हुनबाट रोकेर  सवारी दुर्घटना हुन कम हुन्छ । नागरिकले आनन्दपुर्वक यात्रा गर्न पाउँछन् ।

अर्को बिभिन्न प्रचार सामाग्रीहरू माईकबाट प्रसारण गर्न प्रतिबन्ध लगाऔँ । अहिले पनि ठुला भनिएका सहरहरूमा ठुला ठुला स्पिकरमा बजाईने गीत ध्वनी प्रदुषणका कारण बनेको तथ्याङ्कले देखाउँछ। सहरमा कम आवाज आउने सवारी साधनलाई प्रोत्साहान गरौँ । यसले शान्त सहरको निर्माणमा अवश्य सहयोग पुर्याउनेछ ।

आफ्नो सहर बनाउने दायित्त्व आम नागरिकहरूको पनि हो । जसरी नो हरन सुरु भयो, “नो स्पिकर” भन्ने अभियान पनि सुरु हुनु जरुरी छ। लोकप्रियताका लागी मात्रै “नो हरन” नियम लगाईएको नहोस् । आम नागरिकले सुरक्षित र शान्त सहरमा बसोबास गर्न पउन्।

बुद्दको जन्मभुमिको काखमा रहेको बुटवल शान्त सुन्दर स्वच्छ र हराभरा बनाउन प्रयासमा केन्द्र सर्कार, प्रदेश सरकार, स्थानिय सरकार , सुरक्षा निकाय, आम नागरिक सबै जिम्मेवार बन्नै पर्दछ ।