थाइल्यान्डमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दोमा रुपन्देहीका खेलाडीले जिते पदक

१५ कार्तिक, बुटवल । थाइल्याण्डको बैंककमा सम्पन्न ८औं तिरक अन्तराष्ट्रिय आमन्त्रण खुला तेक्वान्दो प्रतियोगितामा रुपन्देहीको  तेक्वान्दो टोलीले टिम पुम्सेसहीतमा गरी ३ वटा कास्य पदक जित्न सफल भरेका छन ।

टिम पुम्सेमा सहभागि राजकुमार पाण्डे, रामु बरुण र राजिव सिंह क्षत्री तथा २३ केजी समुहमा सिरीष थापा र ६५ केजी समुहमा विशेष थापाले कास्य पदक जितेका हुन् ।

आयोजक थाइल्याण्ड सहीत नेपाल, भारत, इण्डानेशिया,दक्षिण कोरिया, श्रीलंका, पाकिस्तान, फिलिपिन्स, म्यानमार, कम्वोडिया, उज्वेकिस्तान, अष्ट्रेलिया, बेलायतका विभिन्न तेक्वान्दो टोलीको प्रतियोगितामा सहभागीता रहेको थियो ।

प्रतियोगिता अक्टुवर २७ मा सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागी सम्पुर्ण नेपाली तेक्वान्दो खेलाडिहरु हिजो नेपाल फर्किसकेका छन ।