तानसेन नपाको ऐन नियमको संगालो सार्वजनिक

पाल्पा, तानसेन नगरपालिकाले ऐन नियमहरू समावेश गरिएको संगालो (राजपत्र) को सार्वजनिक गरेको छ । हालसम्म राजपत्रमा प्रकाशित भएका ऐन र नियम संगालोको प्रदेश सांसदहरू डा. पुरनमान बज्राचार्य, बीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल र नगरप्रमुख अशोककुमार शाहीद्वारा संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

तानसेन नगरपालिकाले हालसम्म ११ वटा ऐन र १९ वटा नियमावली पारित गरी कार्यान्वयनमा ल्याएको जनाएको छ ।
राजपत्र सार्वजनिक समारोहस“गै नगरपालिकाले आ.व.२०७५÷०७६ को प्रथम चौमासिक अवधिको खर्च समेत सार्वजनिक गरेको छ । राजपत्र एवं खर्च सार्वजनिक समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले चालु आर्थिक वर्षको लागि ८० करोड १३ लाख १० हजार बजेट विनियोजन गरेकोमा कार्तिक १२ गतेसम्म १३ करोड ५ लाख २५ हजार ५ सय ४० रुपैया खर्च भएको बताए ।

तानसेन नगरपालिकाले २०७४ सालमा तानसेन नगरपालिका आर्थिक ऐन, तानसेन नगरपालिका विनियोजन ऐन पहिलो संशोन, तानसेन नगरपालिकाको आर्थिक कार्यविधी, तानसेन नगरपालिकाको प्रशासकीय कार्यविधी, तानसेन नगरपाकिा नयिक समितिले उजुीको कारवाही निकार िगर्दा अपनाउनुपर्ने कार्यविधी, तानसेन नगरपालिकाको सहकारी ऐन, तानसेन नगरपाकिालको कृतिष व्यवसाय प्रवद्र्धन ऐन गरी ८ वटा ऐन जारी गरेको छ ।

यस्तै गरी नगरपालिकाकाले २०७५ मा आर्थिक ऐन, विनियोजन ऐन र स्थानीय सामाजिक विकास ऐन गरी हालसम्म ११ वटा ऐन पारित गरेको जनाएको छ । यस्तै तानसेन नगरपालिकाले एकीकृत सम्पत्ती कर, लगत तथा असुली कार्यविधि, करार जनशक्ति व्यवस्थापन कार्यविधी, नगर सुत्केरी स्याहार खर्च वितरण कार्यविधि लगायत १९ वटा विभिन्न नियमावली पारित गरी सार्वजनिक गरको छ ।

यसैबीच तानसेन नगरपालिकाले त्रैमासिक आम्दानी तथा खर्च सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नगरभित्र ४ सय ५३ वटा योजना सञ्चालनको लागि स्वीकृत भएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले हालसम्म १६ वटा योजना सम्झौता भएको र अन्य योजना यही कार्तिक महिनाभित्र सम्झौतामा लैजानेगरी गृहकार्य भएको जनाए ।

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सभासद डा. पुरनमान बज्राचार्यले नगरको विकासमा प्रदेश सरकारले समन्वयकारी भुमिका सहित सहयोग गर्ने बताए । उनले कानुनको भेदभावरहित रुपमा पालना गराउन आग्रह सहित जनमुखकी कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
प्रदेश सांसद बीरबहादुर रानाले बेलैमा आम्दानी तथा खर्च सार्वजनिक गरिनु सकारात्मक सन्देश भएको जनाउ“दै नगरको विकासमा सहयोग गर्ने बचन दिए । उनले नगरपालिकाले कामको गतिलाई जनताले चित्तबुझाउने गरी अगाडि बढाउन सुझाए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले नगरका कार्यक्रमले पारदर्शितालाई प्रतिम्बित गर्नुपर्ने बताए । वरिष्ठ पत्रकार मेघराज शर्माले नगरपालिकाको कर असुली प्रक्रिया जनप्रिय नभएको जनाए । पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले कानुन बन्ने तर कार्यान्वयनको महसुस जनताले गर्न नसक्नु दुर्भाग्य भएको बताए ।

कार्यक्रममा सञ्चारकर्मीहरूले नगरपालिकाले जवाफदेहिता र सुसाशनलाई ध्यान पु¥याउनुपर्नेमा जोड दिए । सञ्चारकर्मीहरूको सवालमा जवाफ दिदै नगरप्रमुख अशोककुमार शाहीले अनअपेक्षा अनुसार कार्यक्रमलाई अगाडि बढाउने बताए । उनले नगरको विकासमा सामुहिक सहकार्य जरुरी रहने भएकोले नगरको विकासमा सहयोग गर्न आग्रह गरे ।

नगरप्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा चलेको कार्यक्रममा कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठकले स्वागत, कार्यक्रम अधिकृत दुर्गा थापाले उद्घोषण गरेका थिए ।