टिपिएल २ : रोयल शंकरनगर, लुम्बिनी कासाई र मणिग्राम किङ्ग सेमीफाईनलमा

५ मंसिर, बुुुटवल । रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोमाञ्चक मोडमा आएको छ ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा समुह बि अन्तरगत भएको खेलमा एनएससिए टाईगर्सले नुसी वारिर्यसलाई ५ विकेटले पराजित गरेको छ । यो समुहमा स्पष्ट दुई खेलमा जित निकाल्दै मणिग्राम किङ्ग सेमीफाईनलमा स्थान पक्का गरेको छ भने । टाईगर्स, नुसी र बुटवल डाईनामाईट समान २–२ अंक सहित विहिबारको अन्तिम खेलको पखाईमा रहेको छ ।

बुधबार नै भएको समुह ए अन्तरगतको पहिलो खेलमा ज्ञानोदय गोल्डसलाई रोयल च्यालेन्जर भैरहवाले ३४ रनले पराजित गर्दै आफनो टिमलाई २ अंक जोड्न सफल भएको छ । टस जितेर ब्याटिङ्ग गर्न मैदान छिरेको भैरहवाका ब्याट्सम्यान निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २८ रन जोडेका थिए । भैरहवाका ओपनर आसुतोष पासवानले २५ बलमा २२ रन तथा सुशान्त थापाले २५ बलमा १९ रन जोडेका थिए । यो खेलमा सोनु तामाङ्ग चल्न सकेनन । चौथो नम्बरमा ब्याटिङ्ग गर्न मैदान छिरेको उनी रोशन क्षेत्रीको बलमा बिशालको क्याच आउट भएका थिए ।

पाचौ नम्बरका ब्याटसम्यान गणेश गौडेलले २३ तथा सातौ नम्बरका ब्याट्सम्यान ईकलाख अहमदले २७ रन जोड्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । ज्ञानोदयका रोशन क्षेत्रीले ३ तथा जितेन्द्र शाहनीले २ विकेट लिएका थिए । १ सय २९ रन पछ्याएको ज्ञानोदयका ब्याट्सम्यानले राम्रो शुरुवात गरेका थिए । ओपनर सुनिल धमला २ छक्का र २ चौकाको मद्यतले ३४ बलमा ३९ रन तथा मनिष पौडेलले २७ बलमा ११ रन जोडेका थिए ।

धमला ईकलाख अहमदको बलमा क्लिनबोल्ड भएसंगै ज्ञानोदयका ब्याटिङ्गलाईन धरमरायो । तेस्रो नम्बरका निर्मल थापा ४, चौथो नम्बरका बिशाल सुनार शुन्य र पाचौ नम्बरका प्रथम पराजुली केवल १ रन बनाएर आउट भएका थिए । छैटौ नम्बरका देबेन्द्रे सोमरेले १६ बलमा २१ रन बनाएपनि अन्य ब्याटसम्यान क्रिजमा टिक्न नसक्दा ज्ञानोदय पराजित हुन पुग्यो । पुरै ओभर खेल्दै ज्ञानोदय ९ विकेट गुमाउर्दै ९४ रनमा समेटिएको थियो । कम स्कोरमा रोक्न भैरहवाका ईकलाख अहमदले ४, अहमद हुसैनले ३ तथा धिरज शाहीले २ विकेट लिएका थिए । खेलमा भैरहवाका ईकलाख अहमद म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन ।

बुधबार भएको खेलमा टस जितेर ब्याटिङ्गको निणर्य गरेको एनएससिए टाईगर्सले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ६४ रनको लक्ष्य खडा गरेको थियो । टाईगर्सका पुष्प थापा ५० बलमा ४९ रन बनाउदै नटआउट रहे । यसैगरि ओपनर मनिष थापाले ३० बलमा ३४ रन तथा बिक्रम भुषालले २२ बलमा ४५ रनको योगदान दिएका थिए । नुसीका यम क्षेत्रीले खराब बलिङ्ग गर्दै ४ ओभरमा ३९ रन खर्चे भने कुनै विकेट लिन सकेनन । मध्यम लक्ष्यलाई पछ्याएको नुसीको ब्याटिङ्ग लाईन शुरुवातबाट नै धरमराएको थियो । ओपनर महेश राना २१ बलमा ९ रन तथा अर्को ओपनर अजय कौशलिया ६ बलमा केवल १ रन बनाउदा अनिल खरेलको बलमा महेन्द्रको क्याच हुन पुगे ।

तेस्रो नम्बरका ब्याट्सम्यान कुशल भ्रुतेलले ४५ बलमा ८४ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । नुसीका ब्याट्सम्यान अन्तिम ओभरसम्म ७ विकेटको नोक्सानीमा केवल १ सय ५९ रन बनाउन सफल भयो । टाईगर्सका अनिल खरेलले र पुष्प थापाले समान २२ विकेट लिएका थिए । खेलमा टाईगर्सका पुष्प थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।