टिपिएल २ : रोयल शंकरनगर र लुम्बिनी कासाई फाईनलमा

७ मंसिर, बुटवल । रुपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स उपाधिका लागि फाईनलमा भिड्ने भएका छन । शुक्रबार भएको पहिलो सेमीफाईनल खेलमा रोयल शंकरनगरले बुटवल डाईनामाईट माथि २ विकेट तथा दोस्रो सेमीफाईनलमा लुम्बिनी कासाईले मणिग्राम किङ्ग माथि ७२ रनको जित निकाल्दै फाईनल भिडन्त पक्का गरेका हुन।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ्ग रोज्दै बुटवलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको लक्ष्य खडा गरेको थियो । बुटवलकाओपनर ब्याट्सम्यानमृनल गुरुङ्गले ३१ र भुवन पाण्डे १५ रनमा आउट भए । देव खनालले ३५ तथा सौरभ खनाल २३ रन बनाए । छैटौ नम्बरमा मैदान छिरेका बुटवलका हरि बहादुर चौहान नटआउट रहदै ३ छक्का र ४ चौकाको मद्यतले १८ बलमा ४३ रन बनाएका थिए । शंकरनगरका रोहित पौडेल २ विकेट लिएका थिए । ओपनर सुनिल कुमार सार्की ४७ रन, रोहित कुमार पौडेल ६४ र सुसान्त भारीले १९ रनको योगदान दिए । बुटवलका सौरभ खनाल र हरजित सिहले समान २–२ विकेट लिएका थिए । रोयल शंकरनगरका रोहित पौडेल म्यान अफदी म्याचबाट पुरस्कृत भए ।

शुक्रबार नै भएको दोस्रो सेमीफाईनलमा मणिग्राम किङ्गले टस जितेर लुम्बिनी कासाई ग्लाडियटसलाई ब्याटिङ्गको निम्तो दिएको थियो । लुम्बिनीका ओपनर कुशल मल्लले खराब शुरुवात गरे । उनि केवल ८ बल खेल्दै १ रन बनाएर मोहमोद हुसैनको बलमा कृष्ण कार्कीको क्याच  हुनपुगे । सुमन पाण्डेले १९ र सुनिल धवलले ४८ रन बनाए । अन्तिमदुई ओभरमा लुम्बिनीका रुपेश कुर्मीले २ छक्का र ३ चौकाको मद्यतले ११ बलमा २६ रन जोडेका थिए । पुरै २० ओभरमा लुम्बिनीले १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो ।

मणिग्रामका अमर सिह रौटेलले ४ तथा कृष्ण कार्कीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको मणिग्रामका ब्याट्सम्यानलाई लुम्बिनीका बलरहरुले क्रिजमा टिकेर साझेदारी गर्ने मौका नै दिएनन । पहिलो ओभरको पाचौ बलमा नै कुशल मल्लले ओपनर इमरान खानलाई बोल्ड गरिदिए । दोस्रो ओभरमा दुर्गेश कुर्मीले अर्का ओपनर राहुल लोहारलाई केवल ६ रनमा नै बोल्ड गर्दै पेभिलियन फकाईदिए । यो संगै मणिग्रामको ब्याटिङ्ग धरमरायो । सन्दिप रजालीले १ छक्का र ४ चौकाको मद्यतले ३२ बलमा ३० र नवौ नम्बरमा मैदान छिरेका मोहमद हुसैनले १३ बलमा नटआउट ११ रन बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन ।

मणिग्रामका ब्याट्सम्यान १९ ओभरमा केवल ७९ रनमा समेटिएको थियो । कम स्कोरमा समेट्न लुम्बिनीका रुपेश कुर्मीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरि कुशल मल्लले ३ ओभरमा १० रन खर्चेर २ मेडल सहित १ विकेट तथा दुर्गेस कुर्मी, प्रदिप जयसवाल र महेशपति मिश्राले समान २–२ विकेट लिएका थिए । लुम्बिनीका रुपेश कुर्मी म्यानअफदी म्याचबाट पुरस्कृत भए ।