टिपिएल २ : उपाधि लुम्बिनी कासाइले हात पार्यो

८ मंसिर , तिलोत्तमा । दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिगको उपाधि लुम्बिनी कासाइले जितेको छ ।

तिलोत्तमा क्रीकेट बिकास समितिको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न तिलोत्तमा प्रिमियर लिगको आज सम्पन्न फाइनल खेलमा रोयल शंकरनगरलाइ ६१ रनले पराजित गर्दै लुम्बिनी कासाइले उपाधी उचालेको हो ।

उपाधिसङै लुम्बिनिले नगद ३ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता राेयल शंकरनगरले ट्रफिसहित नगद १ लाख ५० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएकाे छ । प्रतियोगिताका बिजेता र उपबिजेतालाई उद्योग , पर्यटन तथा बन मन्त्रि लिला गिरिले पुरस्कार प्रदान गरे ।

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनिले निर्धारित पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १४६ रनको योगफल तयार पारेको थियो । लुम्बिनीका भिम सार्की सर्वाधिक ६३ रन जोडेका थिए ।

बलिङतर्फ रोएल शन्करनगरका रोहित पौडेल र सन्दिप सुनारले समान २/२ विकेट लिए । प्रतियोगितामा १४७ रनको लक्ष पछ्याएको रोयल शन्करनगर १६.४ ओभरमा ८५ रनमा अल आउट हुन पुग्यो । शंकररनगरलाइ घुडा टेकाउन लुम्बिनी कसाइका वलर रुपेश कुर्मिले २.४ ओभर बलिङ गर्दै १३ रन खर्चेर दुई विकेट लिए ।

प्रतियोगितामा म्यान अफ द सिरिजको उपाधी रोयल शंकरनगरका रोहित पौडेल, वेस्ट ब्याट्स म्यान मणिग्राम किङ्सका सन्दिप रजाइलि, बेस्ट बलर लुम्बिनी कासाइका रुपेस कुर्मी, बेस्ट फिल्डर बुटवल डाइनामाइटसका देव खनाल, फास्टेस्ट फिफ्टी आर सि भैरहवाका सोनु तामाङ, इमर्जिङ प्लेयर बुटवल डाइनामाइट्सका अभिशेख गौतमले जितेका छन । त्यस्तै टिम फेयर प्ले अवाडबाट नुसि वारियर्स, पुरस्कृत भएको छ ।