चिन्तनशील सामाजाकि उद्यमी सहकारीको साधारणसभा सम्पन्न

१ मंसिर, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको चिन्तनशील सामाजाकि उद्धमी सहकारी संस्थाको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदनका साथै कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

तिलोत्तमा नगरपालिकालाई कार्यक्षेत्र बनाई संचालनमा आएको सो सहकारिमा २ सय ४३ लघु उद्यमीहरु आवद्ध छन । कार्यक्रममा सो वचत तथा ऋण सहकाीि संस्था लिमिटेडका संचालक खेमराज पाण्डे, आदर्श शिक्षक सहकारीका अध्यक्ष कुल प्रसाद लामिछाने, रामलाल तिवारी, ऋिषिराम कडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाकी अध्यक्ष भगवती बस्यालको अध्यक्षता, नेशनल कोअप्रेटिभ रुपन्देहीका अध्यक्ष रामकृण खाडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव तारा पाण्डे र स्वागत उपाध्यक्ष रमेश डुम्रेले गरेका थिए ।