तिलोत्तमामा पासाको खालबाट सवा ४ लाख सहित १० जना पक्राउ

२२ कार्तिक, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले गएराति तिलोत्तमा नगरपालीकाबाट पासा खेलिरहेको अबस्थामा १० जनालाई पक्राउ गरेको छ ।

तिलोत्तमा नगरपालीका ९ मा रहेको केशब न्यौपानेको घरमा राती करीब ११ बजे पासा खेलीरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन ।

उनिहरुको साथबाट ४ लाख २६ हजार नगद र ३ वटा पासा बरामद गरिएको ईलाका प्रहरी कार्यलयका डीएसपी दिल बहादुर मल्लले बताए ।

तिहारमा यस्ता क्रियाकलापहरु नगर्न सरकारले आग्रह गरेपनि अटेर गर्ने हरु लाई समात्नु परेको उनले बताए । जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया आगडि बढाउने प्रहरीले जनाएको छ ।