ईलाका प्रहरी कार्यालय बुटवलद्वारा अवैध लागु औषध नष्ट

३० कात्तिक,  बुटवल । बुटवलका विभिन्न स्थानबाट नियन्त्रणलिएको लागुऔषध ईलाका प्रहरी कार्यालय बुटवलले नष्ट गरेको छ ।

विभिन्न समयमा प्रहरीको गस्ती टोलीको साथै विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको लिएको लाप्सा, नुफिन, फेनरागन, डाईजापाम, लगयात जाँजा समेत नष्ठ गरिएको हो ।

शुक्रबार सञ्चारकर्मीहरुको रोहोवरमा ईलाका प्रहरी कार्यालय बुटवल परिषरमा उक्त लागुऔषध नष्ठ गरिएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएस्पी डिल बहादुर मल्ल का अनुसार गत कात्तिक १७ गते बुटवल–१३ का जनघर्तीको साथमा १ केजेको दरमा १३ वटा लाप्सा, १२ वटा थप लाप्सा, टिका रास्कोटीको साथबाट सोही दरका १२ किलो लाप्सा नियन्णमा लिएको थियो । यस्एतै १८ गते बुटवल–६ मा रवि काकीबाट नुफिन ५८ एम्पुल्स, फेरागन, डाईजापन लगायत ५८ एम्पुस बरामद गरेको थियो ।

अजय सुनारको साथ बाट ९ नम्बर वडा बाट कात्तिक १८ गते ३५ एम्पुल्स नुफिन, फेरागन ३५, डाईजापाम ३५ एम्पुस(थान) नियन्त्रणमा लिएको थियो ।

यस्तै प्रहरीले मनोज कार्की बुटवल ९ बाट गत कात्तिक २० गते नुफिन, डाईजापान र फेनरागन ३०÷३० एम्पुस र कात्तिक २४ गते राम कुमार श्रेष्ठको होटल बुटवल २ बाट १ किलो १ सय ग्राम गाँजा नियन्त्रमा लिएको थियो । उक्त सबै लागु औषध शुक्रबार नष्ठ गरिएको छ ।