अन्तराष्ट्रिय चाईल्ड फेष्टिबल विजेतालाई बुटवलमा सम्मान

१५ कार्तिक, बुटवल । संयुक्त अरब इरिमेट्स (दुबई) मा आयोजना भएको जुनियर मोडेल ईन्टरनेश्नल २०१८, अन्तराष्ट्रिय बाल महोत्सवमा बुटवलका विधान गहतराजलगयात जुनियर मोडेलको उपाधिसहित अन्य चार जनाले विभिन्न विद्यामा सफलता प्राप्त गरेकाहरुलाई बुटवलमा सम्मान गरिएको छ ।

ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेन बुटवलले विहिबार बुटवलका एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनका अध्यक्ष प्रकाश मगरले नेपालबाट पहिलो पटक सहभागी भएको जुनियर मोडलिङ्ग विजेता हुनु आफैम गौरवको विषय भएको बताएका थिए ।

प्रतियोगितामा सहभागि ३० देशका ३५ जना प्रतिस्प्रर्धालाई उछिल्दै सर्वोत्कृष्ट भएर बुटवलका विधान गहतराज जुनियर मोडलको उपाधि चुमेका थिए । । उपाधिसंगै उनले एक वर्षका लागि अन्तराष्ट्रिय मोडलिङ्ग कन्ट्याक्ट, गिफट ह्याम्पर हात पारेका छन । यसैगरि अंकुश श्रेष्ठ प्रतियोगितामा फष्ट रनर अफ, रुचि केसी कन्जुन्यालिटि, नुतन राना बेष्ट पर्सनालिटि, याना राना मिस जुनियर ब्युटिफुल विद्यामा पुरस्कृत भएका हुन । प्रतियोगितामा भारत, दुबई, मंगोल, युक्रेन, साउथ अफ्रिका, हंगकंग, बंगलादेश, श्रीलंका लगायत ३० देशका सहभागि बालबालिकाहरुले प्रतियोगिताको विभिन्न राउण्डमा आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको ट्यालेन्ट राउण्ड, कल्चर शोमा नेपाली बालबालिकाहरु उत्कृष्ट प्रस्तुति दिन सफल भएका थिए । गहतराजले ट्यालेन्ट राउण्डमा नेपाली गित गाएका थिए भने बालबालिकाको टिमले नेपाली पोशाकमा सजिएर नेपाल र बुद्ध जन्मबारेमा परिचय दिने गरि प्रस्तुति दिएका थिए । सेन्टर प्लानर एण्ड फेशन रनवे ईन्टरनेश्नल मोडलिङ्ग ट्यालेन्ट एजेन्सीको आयोजनामा अक्टुबर १ देखि अक्टुबर ६ सम्म दुबईको जुमेरामा भएको प्रतियोगितामा सहभागिताबाट अवसर पाए नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय मञ्चमा उत्कृष्ट हुने प्रमाण पेश गरेको ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनका अध्यक्ष प्रकाश मगरले बताए ।

रुपन्देहीबाट सहभागि भएर पहिलो पल्ट अन्तराष्ट्रिय मञ्चमा टाईटल जित्न पाउदा निक्कै खुशी लागेको र यसले बच्चाहरुको कन्फिडेन्स बढेको उनले दाबी समेत गरे । बालबालिकाहरु रहेका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउदै अन्तराष्ट्रिय मञ्चसम्म पुर्याउने उद्येश्यले प्रत्येक वर्ष विभिन्न देशहरुमा कार्यक्रम गरिदै आएको छ । जुनियर आईकनको प्रतिस्प्रर्धामा १४ जनामध्येबाट गहतराज विजेता बन्दै अन्तराष्ट्रिय मञ्चसम्म पुगेका हुन ।

बालबालिकाहरुलाई कन्फिडेन्ड बिल्ड अप, सेल्फ कन्फिडेन्ड, मोटिभेसनल, न्युटिसियन, पर्सनालिटि डेभलोममेन्ट, डान्सिङ्ग, सिगिङ्ग, म्युजिक, पब्लिक स्पीकिङ्ग, डविङ्ग, ¥याम्प वाक लगायत २५ दिनसम्म कक्षाहरु दिएर आयोजक ड्रिम ईभेन्ट्स एण्ड ईन्टरटेन्मेनले क्षमता विकास गराएको थियो ।