वेभ नेटवर्कले तेस्रो वार्षिकोत्सव मनायो

झविन्द्र देवकोटा

२० असोज, बुटवल । तिलोत्तमा नगरपालिका ड्राईभरटोलमा रहेको वेभ नेटवर्क प्रालिले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।

सूचना र प्रविधि अन्तरगत ईन्टरनेट र सफ्टवेयरको काम गर्दै आएको वेभ नेटवर्क प्रालिले स्थापनको तेस्रो वर्ष मनाएको हो । प्रालि स्थापनाको अवसर तथा दशै तिहार छुटका रुपमा प्रालिले तीन महिने ५ हजार ९९ प्याकेज ल्याएको कार्यकारी निर्देशक प्रकाश क्षेत्रीले जानकारी दिए । उहाँले वितेको तीन वर्षमा ग्राहकबाट राम्रो प्रतिफल हासिल गरेको उल्लेख गर्र्दै तीन वर्षको अवधिमा १२ वढि सफट्वेयर र वेभ साईडको विकास गरेको सुनाए ।

स्थानीय ८ जना युवाहरु मिलेर झण्डै ५ करोडको लागतमा खोलेको प्रालिमा अहिले ३५ जनाबढीले दैनिक कार्यसम्पादन गर्दै आएको क्षेत्रीले बताए । सफ्टवेयर र वेभसाईड बनाउनका लागि ४० हजारदेखि १ लाख ६० हजार खर्च लाग्ने प्रालिले बताएको छ ।

विशेषगरी व्यापार/ब्यवसायका लागि लेखा दुरुस्त राख्नका लागि तयार पारिने सफ्टवेयरहरु रुपन्देहीका विभिन्न स्थानीय तहहरुमा समेत प्रयोग भएको प्रालिको भनाई छ । ड्राईभरटोलमा केन्द्रिय कार्यालय रहेको वेभले सालझडी र तामनगरमा शाखा खोलेर सेवा दिई रहेको छ ।