राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

१३ कात्तिक, कतार । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानीबीच अमिरी दिवान दरबारमा भेटवार्ता भएको छ ।
यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
भेटवार्तामा दुई देशबीच रहि आएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ ।

अमिर अलथानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् । मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार देखि कतार भ्रमणमा रहेकी छन् ।