फेस अफ लुम्बिनी सिजन २ को उपाधी रोशन र गौरीलाई

शपन कुमार एञ्जील

२१ असोज, बुटवल  ।

मिस नेपाल २०१७ निकिता चण्डकको जजमेण्टमा कला, सँस्कृति र आधुनिक युगको अपनत्व सँगै आयोजना भएको फेस अफ लुम्बिनी सिजन २ को ग्राण्ड फिनाले बुटवलमा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । उक्त फिनालेबाट मिस्टर रोशन तिवारी र मिस गौरी शर्माले यस वर्षको ताज आफ्नो कोल्टोमा पारेका छन् ।

न्यू रेडिएण्ट कला केन्द्रद्वारा आयोजना गरिएको फेस अफ लुम्बिनी सिजन २ को विभिन्न चरणका कार्यक्रमहरु विगत १ महिनादेखि बुटवल, लुम्बिनी, कपिलवस्तु र काठमाण्डौका विभिन्न स्थानमा सम्पन्न गरी बुटवलमा ग्राण्ड फिनाले गरेका कला केन्द्रका फउण्डर तथा नायिका सोनु घिमिरेले बताइन् ।

उक्त शोमा फस्ट रनर अप सुमित सिंह रावल र निरुता चौधरी, सेकेण्ड रनर अपमा जेसुस छेत्री र भावना लिगल, थर्ड रनर अपमा शिशिर जंग छेत्री र माया थापा, भिवर च्वाइसमा शिशिर जंग क्षेत्री र भावना लिगल, अर्गनाइजर च्वाइसमा बादल क्षेत्री र आश्मा सापकोटा, कोरिग्राफि च्वाइसमा विकास घिमिरे र जशु भुसाल, वेस्ट प्रस्नालिटिमा सुमित सिंह रावल र माया थापा, मोस्ट ट्यालेण्टमा रोशन तिवारी र निरुता चौधरी, मोष्ट कन्फिडेण्डमा जेशुस क्षेत्री र भावना लिगल, फोटोजेनिकमा रोशन तिवारी अन्जली चौधरी, मिस्टर ह्याण्डसम एण्ड मिस व्युटिफलमा रोशन तिवारी र इच्छुक कंडेल, मिस व्युटि विथ प्रपोजमा गौरी शर्मा, मल्टिमिडियामा सुमित सिंह रावल र समी राना मगर, मोस्ट डिस्सिप्लिनमा बादल क्षेत्ररु र समी राना मगर, वेस्ट वल्कमा विकास घिमिरे र निरुता चौधरी, वेस्ट हयेरमा सुदिप क्षेत्री र शुप्रिया पुन मगर, मिस्टर फिजिक्स एण्ड वेस्ट फिगरमा शिशिर जंग क्षेत्री र मुना काउछा मगर, वेस्ट स्माइलमा जेसस क्षेत्री र आश्मा सापकोटा, वेस्ट ड्रेसमा बादल क्षेत्री र समी राना मगरले विभिन्न सव टाइटलको उपाधि जितेको कार्यक्रम संयोजक तथा कलाकेन्द्रका डाइरेक्टर दिपेन राना मगरले जानकारी दिए।

लुम्बिन अञ्चलका विभिन्न स्थानबाट १८ जना प्रतिस्पर्धीबीच भएको उक्त फैशन, ट्यालेण्ट, साँस्कृतिक, प्रश्नोत्तर राउण्डको ¥याम्प जज मिस नेपाल २०१७ निकिता चण्डक र इन्टरनेशनल फैशन डिजाइनर अमित बरालले गरेका थिए ।

उक्त कार्यक्रममा मूख्य रुपमा मधु घिमिरेले कोरियोग्राफी गरेकि थिइन भने एसिस्टेण्ट कोरियो ग्राफिमा फेस अफ लुम्बिनी सिजन १ का विभिन्न विजेता लगायतले गरेका थिए ।

कार्यक्रममा युवा संघ नेपाल जिल्ला रुपन्देहीका अध्यक्ष नकुल शाही ठुकरीको प्रमुख आतिथ्यता, कला केन्द्रकी फाउण्डर तथा नायिका सोनु घिमिरेको अध्यक्षता तथा दुर्गा गुरुङ्ग र शपन कुमार एञ्जीलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।