पत्रपत्रिकामा आजः ‘बुद्ध भारतमा जन्मेको’ प्रचार गर्दै कपिलवस्तुका सांसद् !

२५ असोज, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन । जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार सम्पन्न भएकोलाई सबैजसो पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । पाँच वर्षदेखि बन्द जयनगर–जनकपुर रेल सेवाको स्तरोन्नतिपछि सञ्चालनको तयारी गरिएको छ ।

काठमाडौं–७ को उपनिर्वाचनबारे बिहिबार पनि पत्रपत्रिकाहरुले चर्चा गरेका छन् । कुनैले नेकपाभित्र चुलिएको असन्तुष्टिमाथि समाचार लेखेका छन् भने केहीमा उपनिर्वाचन हुँदा लाग्ने खर्चबारेको हिसाब छ ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै क्यालेन्डरबिनै संसद् चल्ने गरेको, पौडेल पक्षको चेतावनीपछि कांग्रेस बैठक स्थगित भएको, खानेपानी मन्त्रालयका करिब २ हजार कर्मचारीले तलब नपाएको,कपिलवस्तुकै सांसद् बुद्ध भारतमा जन्मेको प्रचार गर्दै हिँडेकोलगायत समाचार प्राथकितामा छन ।

नयाँ पत्रिकाले स्थानीय विकासका नाममा तर्राइका फाँटदखि पहाडका पाखासम्म मनपरी सञ्चालन भइरहेका डोजरबारेको एक सामग्रीलाई मुख्य समाचारका रुपमा छापेको छ । नयाँ पत्रिकाका अनुसार जिल्लामा औषत २ सय डोजर चल्ने गरेका छन् । देशभर करिब १४ हजार डोजरले बाटो खनिरहेका छन् । रोचक त के छ भने त्यस्ता डोजरका मालिक स्वयं जनप्रतिनिधि र तिनका नातागोता रहेका छन ।

नयाँ पत्रिकामै कपिलवस्तुकै सांसद् बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै हिँडेको समाचार पनि छ ।
नयाँ पत्रिका लेख्छ– प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचारमा सहभागी भएका छन् । उनी कमांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका ह’न ।

भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्कित राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद् साह विशिष्ट अतिथिका रुपमा उपस्थित भएका थिए । उत्तर प्रदेश सरकारले बुद्ध भारतमा जन्मेको आक्रामक प्रचार गरिरहँदा नेपालकै सांसद् उपस्थित भएर समर्थन जनाएर गलत फैलाएका छन।

समाचार अनुसार, कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि र भाजपा केन्द्रीय सांसद् गदम्बिका पाल तथा सांसद् साह विशिष्ट अतिथि बनेका थिए । । सांसद् साहले कार्यक्रममा सहभागी भएको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको चर्को विरोध भएको समाचारमा उल्लेख गरिएको छ ।

‘महँगीको मार’ शीर्षक दिएर मुख्य समाचार लेखेको अन्नपूर्णले सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ परेको, जनकपुरमा रेल आइपुगेको, काठमाडौं ७ मा उपनिर्वाचन गर्ने विषयले नेकपामा विवाद बढेकोलगायत समाचार छन् ।

वामदेव गौतमलाई उपचुनावमार्फत् संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरुले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएकोलाई कान्तिपुरले प्राथमिकताका साथ समाचार छापेको छ ।

कान्तिपुरमै क्यालेन्डरबिनै संसद् चल्ने गरेको अर्को समाचार पनि छापिएको छ । एकैपल्ट कन्टेनरसहित भारतीय मालवाहक रेल बुधबार अपराह्न जनकपुर आइपुगेकोलाई कान्तिपुरले एंकर बनाएको छ ।

नागरिकले स्थानीय सरकार र प्रदेश सरकारबीचको सम्बन्धबारे लेखेका छ भने राजधानीले वामदेव गौतमको उम्मेदवारीलाई लिएर नेकपाभित्र देखिएको हलचलबारे मुख्य समाचार छापेको छ । अनर्लान खवरबाट सावार