नेशनलको पहिलो इन्सुरेन्स एजेन्सी कार्यालय पाल्पामा

पाल्पा–
नेशनल लाइफ इन्सुरेन्सको पहिलो एजेन्सी कार्यालय पाल्पामा सञ्चालन भएको छ । असोज २४ गते पाल्पामा एक समारोहको आयोजना सहित एजेन्सी कार्यालयको सुभारम्भ भएको हो । नेशलन लाइफ इन्सुरेन्स ३१ वर्ष लामो इतिहाससहित देशको पहिलो इन्सुरेन्स भएपनि हालसम्म एजेन्सी कार्यालयको अभियान आरम्भ गरेको थिएन । पाल्पामा स्थापित एजेन्सी कार्यालय नेपालकै पहिलो भएको कार्यालय प्रमुख संगिता भट्टराईले जनाइन

शाखा उद्घाटन समारोहलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले विमाले अन्यौलताबाट सुनिश्चिततातर्फ डो¥याउने बताए । ‘बीमा व्यवसायसँगसँगै मानवीय सेवामा समर्पित रहन्छ’ उनले भने, ‘मुलुकको विकासमा परम्परागत लगानी भन्दा नयाँ क्षेत्रमा लगानी बढाउन तर्फ निजी क्षेत्रले ध्यान दिनुपर्दछ ।’ उनले स्थानीय समृद्धिको क्षेत्रमा टेवा पु¥याउन र परिवर्तनलाई संस्थागत गर्न दायित्वबोधसहित निजीक्षेत्रले भूमिका खेल्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रतिस्पर्धाले गुणस्तरीय नतिजा ल्याउने भएकोले भविष्यको सुरक्षाको लागि विमा संस्थानहरूमा शुद्ध प्रतिस्पर्धा जरुरी हुने जनाए । उनले भविष्यको आर्थिक सुरक्षाको लागि विमा संस्थानले सहयोग पु¥याउँदै आएको बताए ।

बुद्धिजीवी निर्मल श्रेष्ठले विकसित देशमा प्रगतिशिल अभियान्ताहरू राज्यबाट सामाजिक आर्थिक रुपमा सुरक्षित रहेकोले नेपाली समाजमा मिश्रीत अर्थप्रणालीले आर्थिक संक्रमण देखिएको जनाए । रेडक्रस शाखाका सभापति बुद्धिप्रसाद शर्माले वर्तमान र भविश्य सुखी समृद्ध पार्न विमा संस्थानले सहयोग पु¥याउने जनाए ।

नेशनल लाइफ इन्सुरेन्सका प्रदेश नं. ५ का प्रमुख रामचन्द्र तिवारीले नेशनल लाइफ इन्सुरेन्समा सरकारी लगानी रहेको र पुरानो संस्थान भएकोले ढुक्क भएर विमा गर्न आग्रह गरे । स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले पाल्पाली चेली संगीता भट्टराईको अभियान सार्थक र प्रेरक रहेको बताए । नेशनल लाइफ इन्सुरेन्सका पाल्पा प्रमुख उपापति गैरेले व्यवसाय प्रवद्र्धन शाखा पाल्पामा खोलिनु संस्थाको लागि गौरव भएको जनाए ।

कार्यक्रममा रामपुर शाखा प्रमुख सविन सिवाकोटी, सञ्जाल शाखाबाट पुरस्कत शंकर लामिछाने(असान्त), तुल्सी दर्शन, बुटवल इन्चार्ज गोपाल ज्ञवाली लगायतले सुन्दर पाल्पाको अभियानमा नेशनल लाइफका क्रियाकलापले सहयोग पु¥याउनेमा जोड दिएका थिए ।

कार्यक्रमका सहयोगी, शुभेच्छुकहरूलाई धन्यवाद सहित एजेन्सी कार्यालय प्रमुख संगीता भट्टराईले चेतनाको कमीका कारण विमाकर्ताहरू न्यून रहेपनि आगामी दिनमा पाल्पामा विमा गर्नेहरूको संख्या बढाउदै आर्थिक यस क्षेत्रका व्यक्तिहरूको आर्थिक विकासमा सहयोगी भूमिका खेल्ने जनाइन ।
उनले पाल्पामा ५ हजार व्यक्तिहरू नेशनल लाइफमा विमा गरेको तथ्यांक बनाइन ।

संगीता भट्टराईको अध्यक्षततामा चलेको कार्यक्रममा उद्घोषण पत्रकार सुनिल कार्कीले गरेका थिए । हाल व्यवसाय प्रवद्र्धन शाखा सञ्चालक संगीता भट्टराई विमा कारोबार गर्नेहरूमा नेपालमै तेस्रो र महिलाहरूमा पहिलो नम्बरमा छन् ।