नेपाली जनसम्पर्क समिति जापान किता कान्तो क्षेत्रको सभापतिमा पाल्पाका विश्वबन्धु निर्वाचित

जापान–
हालै जापानमा भएको नेपाली जनसम्पर्क समिति किता कान्तो क्षेत्रको अधिवेशनबाट पाल्पाका विश्वबन्धु भण्डारी सभापतिमा सर्वसम्मबत चयन भएका छन् ।
सेप्टेम्बर २३ तारिखमा भएको नेपाली जनसम्पर्क समिति किता कान्तो क्षेत्रको तेस्रो अधिवेशनबाट भण्डारी सभापतिमा चयन भएका हुन् ।
सेप्टेम्बर २३ तारिख आईतवार गुन्मा केनको ओईजुमी माची (निसीकोईजुमी एकि) नजिकै रहेको कस्तूरी एसियन रेष्टुरेन्टमा भएको यस किता कान्तो क्षेत्रको तेस्रो अधिवेशनवाट बिश्वबन्धु भण्डारीको नेतृत्वमा सर्वसहमतिमा नयाँ कार्यसमिति बनेको हो ।
नयाँ कार्यसमितिको उपसभापतिमा प्रकाश योगी, भुवन सापकोटा, सचिवमा अर्जुन सुवेदी, कोषाध्यक्षमा महेन्द्र थापा, सह–सचिवमा कमल खरेल निर्वाचित भएका छन् । यस्तै गरी सह–कोषाध्यक्षमा उजिर कार्की चयन भएका छन् भने सदस्यहरूमा गोमा कुमारी दनै, अनिरुद्र धमला (राजु), मिलन सापकोटा चयन भएको नव निर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिए ।
अधिवेशनमा नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति डि.पी. कंडेल, महाधिवेशन प्रतिनिधि सुभास लोहनी, उपसभापति पिताम्बर चापागाईं, राजेन्द्र जमरकट्टेल, विष्णु अर्याल, पुष्करजंग थापा, नवराज थापा यस्तैगरी महामन्त्री रामजंग कार्की, कोषाध्यक्ष बाबुराम सापकोटा, सह महामन्त्रीहरू प्रेमप्रसाद कंडेल, पोषकान्त न्यौपाने, केन्द्रीय सदस्यहरू जिवन आचार्य, लक्ष्मण थापा, विपीन घिमिरे लगायतले शुभकामना मन्तव्य दिए ।
कार्यक्रममा कान्तो क्षेत्रका सभापति यदुराम सापकोटा, निर्वाचन समितिका संयोजक राजेश खनाल, भुषण कोइराला र जीवन आचार्यले समेत अधिवेशनमा सहजीकरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले अधिवेशनमा सहभागी भई उर्जा थपिदिएकोमा समितिका पदाधिकारीहरू प्रति धन्यवाद ज्ञापन गरेका छन् । ‘हामी सिद्धान्त र आस्थाको राजनीति गर्न चाहन्छौं’ उनले सञ्चारमाध्यमसँग भने, ‘फरक विचार राख्नेहरूलाई निषेध गर्ने हाम्रो राजनीतिक संस्कार परिवर्तन गरी परदेशमा हामी सवै नेपालीहरूसँग सहयात्रा गर्न चाहन्छौं ।’ उनले विचारको भन्दा पनि समृद्धिको लागि राजनीति गर्न प्रेरित गर्ने जनाए ।