नवप्रभात महिला सहकारीको सधारण सभा सम्पन्न

झविन्द्र देवकोटा

२० असोज, बुटवल । रुपन्देहीको देवदहमा रहेको नवप्रभात महिला बचत तथा ऋण सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले महिलाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम विस्तार र महिला सीपमुलक तालिम ब्यवस्थापन गर्ने लगायतका प्रस्तावलाई पारित गरेको छ । संस्थाका अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले महिलाको अवस्थामा सुधार भएमात्र मुलुक समृद्ध हुने बताए । उनले महिलाको अवस्थामा सुधार ल्याउनका लागि सीपमुलक तथा आयमुलक कार्यक्रममा सक्रिय सहभागिता बनाउनु पर्ने उल्लेख गर्दै महिलालाई आत्मनिर्भर बनाउने कार्यमा सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । कार्यक्रममा जिल्ला सहकारी संघका सचिव टिका न्यौपाने, पल्लवी साकोसका अध्यक्ष दिवाकर अधिकारी, कोलिय साकोसका उपाध्यक्ष खिमानन्द ज्ञवाली, निर्माण बहुउद्देश्य सहकारी संस्थाका सचिव प्रकाश अर्याल, साना किशान सहकारी संस्थाका ब्यवस्थापक सरला सुवेदी, मायादेवी सहकारीका देवु भण्डारी, सस्ंथाका पुर्व अध्यक्ष मिना श्रेष्ठ लगायतले आआफ्ना भनाई राखेका थिए ।

संस्थाका सचिव भगवती शर्माको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष मिना पाण्डेको आर्थिक तथा अध्यक्ष निर्मला अधिकारीको वार्षिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ । सो कार्यक्रमको अवसर पारी संस्थाका पुराना सदस्य, बचतकर्ता तथा एसईइ परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।