डुम्रे समाजले गर्‍यो वालिङमा रक्तदान कार्यक्रम

८ कार्तिक, वालिङ । डुम्रे बन्धु समाज नेपालले आज स्याङ्जाको वालिङ्गमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले चाडपर्वमा समयमा रगतको अभाव हुन नदिन एवं सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गरेको कार्यक्रम संयोजक हरि प्रसाद डुम्रेले बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ क का साम्सद मोहन प्रसाद रेग्मीले यस्ता कार्यक्रमले समाजमा भाईचारालाई कायम राख्दै आपसी सद्भावलाई प्रगाढ बनाउने बताउनु भयो। कार्यक्रमलाई सफल बनाउन आफ्नो जन्मोत्सवको अवसर पार्दै समाजका कोषाध्यक्ष हरिप्रसाद डुम्रेले रू ५१००, केन्द्रिय सदस्य ज्यो चक्रपाणी डुम्रेले रू ३१०० प्रदान गर्नुभएको थियो । समजका अध्यक्ष शिवलाल डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन हरि प्रसाद डुम्रेले गर्नु भएको थियो ।