टिका संगै लगाउंने जमराको जुस स्वास्थ्यको लागि अमृत

मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि. नेपालगन्ज रोड, बुुटवल बाट लिएको जानकारी

हामी जो कोहीले विजय दशमीको दिन देखि पूर्णीमा सम्म टिका सँगै जमरा लगाउने गर्दछौ । तर त्यो जमराको फाईदा थाहा पाउने हो भने सबै चकित हनुहुनेछ ।

जमरा फाइबरयुक्त गुणका कारण  शरिरमा चमत्कारीक फाईदा दिने तथ्य फेला परेको छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँ, जौले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप २ मधुमेहको जोखिम कम गर्छ ।

चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ । गहुँको जुसमा उपचारात्मक, चिकित्सकीय तथा रोग निको पार्ने गुण हुन्छ । क्लोरोफिल, अमिनो एसिड, मिनेरल्स, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन डी र इ को ठूलो स्रोत मानिएको गहुँको जुसमा म्याग्नेसियम, पोटासियम, आइरन, जिन्क, कपर, सेलेनियम र थाएमिन पाइन्छ ।

उमारेको गहुँ सामान्य तरीकाले तयार हुने भएकाले यसमा आवश्यक पौष्टिक तत्व तथा मिनेरल्स पहिले नै टुक्रिएर बस्ने हुँदा यो तुरुन्तै रक्तकोषिकाहरुमा घुल्दछ । यसमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टीक्यान्सर तथा एन्टी इन्फ्लामेन्टरी गुण रहेको हुन्छ । चिकित्सकहरु गहुँको कच्चा पातलाई जुसमा परिणत गरेर दिनमा कम्तिमा एक चौथाई कप गहुको जुस सेवन गर्न सुझाव दिन्छन् ।

तपाईहरु यसको सुरुवात एकपल्टमा एक चौथाई कप जुस वा दिनमा दुईपल्ट डेढ कप जुसको सेवन गरेर पनि गर्न सक्नुहुन्छ । कसैकसैलाई सिधै गहुँको जुस सेवन गर्दा वान्ता हुने वा टाउको दुख्ने समस्या हुन सक्छ । त्यतिबेला अन्य फुलफूल तथा तरकारीको रससित मिसाएर पनि यसको सेवन गर्न सक्नुहुन्छ । तपाई यसको धुलो पनि प्रयोग गर्न सक्नुहुन्छ । एक गिलास पानीमा उमारेको गहुँलाई मिसाएर पनि यसको सेवन गर्न सकिन्छ ।

गहुँलाई जमरा उमारेजसरी घरमै उमारेर त्यसका पातलाई पेलेर जुस बनाउन सकिने भएकाले यसको उत्पादन गर्न सजिलो छ । विभिन्न प्राकृतिक चिकित्सालयमा गहुँको जुस उत्पादन र विक्री गर्ने गरिएको पाइन्छ । यो रस सेवन गर्नुका मुख्य फाइदा यस्ता छन्ः

 

१, प्राकृतिक रुपमा उर्जा दिन्छ : स्वास्थका दृष्टिकोणले निकै फाइदाजनक मानिएको यो जुसले प्राकृतिक रुपमा उर्जा प्रदान गर्छ । यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ ।

तर, यो जुसमा पहिले नै एमिनो एसिड हुने भएकाले शरीरले त्यसलाई टुक्राउन आवश्यक पर्दैन । कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।

२, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ : शरीरका लागि रोग प्रतिरोधात्मक क्षमता जरुरी हुन्छ । यसले तपाईको शरीरलाई विभिन्न रोगसित लड्ने क्षमता प्रदान गर्छ । गहुँको जुसले तपाईलाई रोगसित लड्न अझ धेरै उर्जा प्रदान गर्छ । त्यतिमात्र हैन, यसले तपाईको शरीरमा भएका कोषिकाहरुलाई बलियो बनाउनुका साथै कलेजोमा जमेर बसेका विषाक्तहरुलाई नष्ट गरी जसले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याई रोग लाग्ने सम्भावना बढाएर लैजान्छ ।

त्यस्तै, यसमा रातो रक्तकोषिकाको वृद्धि गर्ने क्षमता रहेको हुन्छ, जुन रोग प्रतिरक्षाका लागि निकै आवश्यक छ । त्यस्तै, यसमा पाइने ‘भिटामिन सी’ तथा ‘भिटामिन ए’ लगायतका तत्वले रुघा, खोकी, ज्वरो तथा केही गम्भीर प्रकारका रोगसित लड्ने शक्ति प्रदान गर्छ ।

सन् २०१३ मा ‘जर्नल अफ बायोलोजिकल केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार उमारेको गहुँको जुसले रोग प्रतिरोधात्मक क्षमता सक्रिय पार्ने गुणहरु रहेको हुन्छ ।

३, मोटोपना हटाउँछ : मधुमेह, मुटु रोग लगायतका विभिन्न खाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ । गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जुन शरीरको तौललाई सन्तुलनमा राख्ने तत्व, थाइराइड ग्रन्थीको परिचालनको लागि आवश्यक छ । अस्वस्थ थाइराइड ग्रन्थीले शरीरमा हर्मोनको गडबढी गरी मोटोपना बढाउँछ ।

यसमा पोटासियम पाइन्छ । जसले शरीरमा पानी मात्रालाई कायम राख्न मद्दत गर्छ । गहुँको जुस सेवन गर्दाले भोक कम लाग्ने हुँदा यसले तपाई हामीलाई अस्वस्थ्यकर खाना खानबाट जोगाउँछ ।

यसले शरीरको मेटाबोलिज्म खानालाई शक्तिमा परिणत गर्ने प्रकृया० बढाउँछ, जसले शरीरमा भएको अतिरिक्त क्यालोरी हटाउँछ । बिहान सबेरै खाली पेटमा यो रसको सेवन गर्नाले तपाईलाई दिनभरि अतिरिक्त खाना खानबाट जोगाउँछ ।

४, रगतमा चिनीको मात्रा कायम राख्छ : प्रत्येक दिन गहुँको जुस सेवन गर्नाले तपाईको रगतमा चिनीको मात्रालाई सुचारु गर्न सघाउ पुर्‍याउँछ । यसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।

यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पुर्‍याउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ ।

५, मुटुमा लाभदायक : प्रत्येक दिन गहुँको रसको सेवन गर्नु मुटुका लागि स्वास्थ्यकर मानिन्छ । यसमा भएको क्लोरोफिलले मुटुका धमनी (आर्टरी) कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ । यसमा अक्सिजनको मात्रा उच्च हुने र रक्तनलीलाई सफा गर्ने क्षमता भएकाले यसलाई प्रभावकारी पनि मानिन्छ ।

यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले उच्च कोलस्ट्रोरलाई नियन्त्रणमा राख्छ । पढिसके पछि सबैको जानकारीका लागि सक्दो सेयर गर्न’ होला ।