क्यान महासंघ पाल्पाको चौथो साधारण सभा

पाल्पा–
कम्प्युटर एशोसिएशन अफ नेपाल क्यान महासंघ पाल्पाको चौथो साधारण सभा असोज २३ गते सम्पन्न भयो ।

साधारण सभामा महासंघ पाल्पाका अध्यक्ष महेश शर्माले वार्षिक प्रतिवेदन सहित भावी कार्यक्रमबारे जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघ ५ नं. प्रदेस अध्यक्ष सुदिप शर्माले संस्थागत विकासका लागि क्रियाशिलता आवश्यक हुने जनाए । उनले क्यानको केन्द्रदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छवि भएको जनाउ“दै वर्तमान सूचना प्रविधिको युगमा क्यानबाट लाभ लिन आग्रह गरे ।

विशिष्ट अतिथि प्रदेश नं. ५ का सह–सचिव भोजराज भट्टराईले क्यान पाल्पाको इतिहास गौरव गर्न लायक रहेको जनाउ“दै पाल्पामा सूचना प्रविधिको विस्तारका लागि केन्द्रीय समन्वयमा र जिल्लास्थित कार्यसमितिको राय अनुसार सक्रियता बढाउने प्रतिवद्धता व्यक्त गरे ।

क्यान महासंघ प्रदेश ५ का कोषाध्यक्ष नारायण खनालले स्थानीय तहमा सूचना प्रविधिको पहु“च बढाउनुपर्ने बताए ।

क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले सदस्यता विस्तारस“गै क्यान पाल्पालाई मजबुत बनाउन आग्रह गरे ।

कार्यक्रममा क्यान महासंघ पाल्पाका कार्यसमिति सदस्य गोपाल गैरेले धन्यवाद मन्तव्य दिए । महेश शर्माको अध्यक्षतामा चलेको कार्यक्रममा उद्घोषण अर्जुन घिमिरेको थियो ।