बाली नोक्सान भएपछि कृषकले गरे आत्महत्या

९ कात्तिक, भवानीपट्ना । भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन् ।

स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो । श्रीमतीको सुनका गहना बंकमा धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो ।

परमानन्दलाई स्थानीयबासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै प’र्याएको भएपनि उनलाई बचाउन भने सकेनन ।