रौतहटमा गाउँलेबीच झडप, २० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार

१० असोज, रौतहट । रौतहटको गरुडा ९ श्रीपुरमा प्रहरीले २० राउण्ड हवाई फायर तथा २० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।

गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।

झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् ।

झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । घटनास्थल रौतहट सदरमुकाम गौरबाट २२ किलोमिटर उत्तरमा पर्छ ।