यसरि लुटिएको थियो बुटवलको एभरेष्ट बैंक भित्रै बाट पैसा ( भिडियो सहित )

१७ भदौ, बुटवल । बुटवलको एभरेष्ट बैंकबाट रकम जम्मा गर्दै गर्दा एक जना व्यक्तिको २ लाख २३ हजार रुपैया रकम लुटिएको छ ।

विपि चौकमा रहेको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका राहित गौतमको आज विहान १० बजेर ५ मिनेटमा बैंक भित्रै बाट रकम लुटिएको हो । नेपालगञ्ज रोडमा रहेको दूर्गा प्लाष्टिक हाउसका कर्मचारी गौतमले बैंकभित्र रहेको टेबलमा पैसाको बिटो निकालेर राखी भौचर भर्दै गर्दा छेउमा रहेका अपरिचित व्यक्तिले रकम चोरेर भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले जानकारी दिए ।

रकम चोरी भएपछि बैंकको सीसीटीभीमा हेर्दा गौतमले पैसा राखेको टेबलको कुर्सीमा मधेसी मुलको जस्तो अनुहार भएका व्यक्ति बसेको देखिएको बैंकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । रकम जम्मा गर्न गएका व्यक्तिको लापरवाहीका कारण रकम चोरी भएको डीएसपी मल्लले बताए । चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्गा प्लाष्टिक हाउसका संचालक दिनेश ज्ञवालीले चोरी गर्ने व्यक्तिको खोजी गरीदिन  इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका  छन ।

भिडियो