भारतीय सुप्रशिद्ध गायक कुमार सानु भन्छन् ‘लुम्विनी घुम्न पाउनु सौभाग्य हो’ ( भिडीयो सहित )

झविन्द्र देवकोटा

४ असोज, बुटवल । भारतीय सुप्रशिद्ध गायक कुमार सानुले गौतमबुद्ध जन्मस्थल लुम्विनी घुम्न पाउनु सौभाग्यको कुरा भएको बताउनु भएको छ ।

कितावमा पढेको कुरालाई आँखाले देख्न पाउनु र त्यहि स्थानमा पुगेर फर्किन पाउनुले आफुलाई धन्य बनाएको बताउनुभयो । रुपन्देहीको मणिग्राममा शुक्रबार हुन थालेको कुमार सानु लाईभ ईन लुम्विनी कार्यक्रममा सहभागि हुन आउनु भएका गायक सानुले गौतमबुद्धको जन्म स्थल लुम्विनी घुम्ने ठुलो चाहना पुरा भएको सुनाउनुभयो ।

उहाँलेभन्नुभयो–‘मैले कितावमा लुम्विनी गौतमबुद्ध जन्मस्थल, मायादेवी कुवा, अशोक स्तम्भ लगायतका एतिहासिक बस्तुका बारेमा पढ्को देखे, बुद्धको जन्मस्थल लुम्विनी र बुद्धसँग सम्वन्धित बस्तुहरुको अवलोकन गर्न पाउनु धेरैनै मेरालागि धेरैनै सौभाग्यको कुरा हो ।’ बुधबार बुटवल आएका कुमार सानुले शुक्रबार मणिग्राममा हुने कुमार सानु लाईभ ईन लुम्विनीमा ३० बढी गितहरु गाउनुहुने छ ।

अहिलेसम्म २६ भाषाका २० हजारबढी गितमा स्वर दिई सकेका कुमार सानुले धेरै नेपाली गितमा पनि आफ्नो स्वर दिनु भएको छ । भरे आउछु सपनीमा पर्खि बस है, यो कथा हो तृष्णा मेरो, फुल भए जिन्दगि लगायतका नेपाली गितमा स्वर दिनु भएको छ भने लाईभ कार्यक्रममा सानुलाई नेपाली चर्चित गायिका देवीका बन्दना र भारतीय गायिका स्वागताले साथ दिने छन् ।

सन् १९९० को दशकमा खुबै चर्चामा आएको हिन्दि चलचित्र आशिकीमा सुपर हित भएका गितहरुमा म्युजिक दिने म्यूजिसियनको टिमले कुमार सानुको लाईभ कार्यक्रममा सधाउने छन् ।

यसअघि काठमाडौंमा आयोजना भएको एकल गायन कार्यक्रममा प्रस्तुत भैसकेका गायक कुमार सानु लुम्बिनीमा पहिलो पटक प्रस्तुत हुन लागेका हुन् ।

भारतको प्रख्यात फिल्म फेयर एवार्डदेखि पद्म श्रीसम्मको सम्मानबाट सम्मानित भईसकेका गायक कुमार सानु ९० को दशकका सर्वा्धिक सफल गायक मानिन्छ । इफोर ईन्टरटेनमेन्ट प्रा.लिको आयोजनामा कुमार सानु लाईभ ईन लुम्विनी हुने भएको हो ।

भिडीयो सहित