बलात्कारी लुकाउन प्रहरिबाटै प्रमाण नष्ट !

२८ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट बिहिवार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अधिकांशको प्राथमिकतामा निर्मला पन्त हत्या छानबिन प्रकरण परेको छ ।

न्याय माग्दै निर्मलाका बाबु–आमा काठमाडौं आएको घटनालाइ जोड्दै पत्रपत्रिकाहरुले प्रहरीबाटै प्रमाण नष्ट भएको दाबी गरेका छन् ।

प्रहरीले हत्यारा करार गर्दै पक्राउ परे पनि डीएनए परीक्षणबाट निर्दोष सावित भएका दिलीपसिंह विष्टले बन्दुकको टुप्पोले घोचेर अपराध स्विकार्न लगाएको वयान दिएका छन् ।

यसलाई पनि आजका पत्रिकाहरुले महत्त्वका साथ छापेका छन् ।