नेविसंघका कार्यकर्ताद्रारा लुम्बिनी बाणिज्य क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड ( भिडीयो सहित )

१० असोज, बुटवल । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ । नेविसंघका कार्यकर्ताहरुले क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्ययको कार्यकक्षमा पसि तोडफोड गरेका हुन् ।

क्याम्पस प्रमुखको कक्षमा एक्कासी प्रवेश गरेर उनीहरुले तोडफोड सुरु गरेका थिए । नेविसंघका कार्यकर्ताहरु टंक पाण्डेको नेतृत्वमा सुरज क्षेत्री, अशोक गौतम , रेशम श्रेत्री लगायतका कार्यकर्ताहरुले तोडफोड गरेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए । “हिजो पनि मलाई फोन गरेर, यो राम्रो गरिनस भनेका थिए, आज एक्कासी आएर ज्यानमै आगो लगाउने गरी तोडफोडमा संलग्न भए” क्याम्पस प्रमुख उपाध्ययले भने ।


उक्त समूहले क्याम्पस प्रमुखको कुर्सी मट्टीतेल छर्किएर आगो लगाएका छन् । उक्त समुहले क्याम्पस प्रमुखको कार्यकक्षमा समेत आगो लगाउन मट्टीतेल छर्किएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रमुखको टेबुल कम्प्युटर तथा गाडी समेत तोडफोड गरेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

क्याम्पस समितिले हिजो मात्र ८ जना प्रध्यापक र ३ जना कर्मचारी नियुक्ती गरेको थियो । त्यसैको विरोधमा नेवि संघ लुम्बिनी बाणिज्य क्याम्पसले तोडफोड गरेको बताइएको छ । तोडफोड लगत्तै वडा प्रहरि कार्यालय बुटवल बाट प्रहरी पुगेपनी तोडफोडमा सम्लग्न समूह भने फरार रहेको प्रहरीले जनाएको छ ।

यता अनेरास्ववियू लुम्बिनी बाणिज्य क्याम्पसले घटनाको विरोध जनाएको छ । क्याम्पसका समस्या बारे छलफल र सहमती बाट समस्याको समधान निकाल्नुपर्नेमा नेविसंघले तोडफोड गरेर विद्या मन्दिरको ध्वज्जी उडाएको अनेरास्ववियूको भनाई छ । अनेरास्ववियू क्याम्पस कमिटिका ईन्चार्ज प्रकाश पराजुलीले क्याम्पसमा पठन पाठनको बातावरण बनाउने भुमिका खेल्ने र तोडफोडमा संलग्नहरुको पहिचान गरी कारबाही हुनुपर्ने बताए ।

क्याम्पस समितिले ०७५/०४/०४ विज्ञापन नं. १/०७५/०७६ अनुसार खुल्ला तर्फ उपप्रध्यापक, कार्यालय सहायक तथा सहयाक लेखापाल र आन्तारिक विज्ञापन तर्फ दुई जना बढुवा भएका थिए ।

व्यवस्थापनमा सुपुष्प भटटराई, निरज गौतम, बजार शास्त्र सुरेश सापकोटा, लेखापालमा तुल्सी प्र भुसाल, वित्तशास्त्रमा नवराज भण्डारी, अर्थशास्त्रमा पिताम्बर सापकोटा, गणित तथा तथ्याङ शास्त्रमा सुरज आचार्य, अंग्रेजीमा रोमनथ शर्मा रहेका छन् ।


त्यसैगरी कर्मचारी तर्फ कार्यालय सहायक मोहन पौडेल, शिवराज अधिकारी, सहायक लेखापालमा दुर्गा प्रसाद अर्याल रहेका छन् । समितिकै निर्णयले आन्तारिक बढुवा लक्ष्मी पोखरेल क्षेत्री र राधा कुमारी सुवेदीलाई गरेको थियो ।

 

भिडीयो सहित