नेपाल राजनीतिक स्थायित्व र समाजवादको दिशामा : प्रधानमन्त्री ओली

१२ असोज, अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विहान न्यूर्योकस्थित ७३ औ राष्ट्रसंघीय महासभामा सम्बोधन गरेका छन् । ओली सम्वोधनका क्रममा नेपालले आशातित र आवश्यक राजनीतिक स्थायित्व कायम गरेको बताए । उनले भने कसैले कुनै शव्द जाल प्रयोग गरेपनि समाजवादी दिशामा नेपाल अघि बढेको छ ।

प्रधानमन्त्री ओलीले विश्वबाट आतंकबादलाई निर्मूल पार्न राष्ट्र संघले गरेको प्रयासको सरहाना गर्दै त्यसमा आफ्नो सरकारको समर्थन रहेको बताए ।

विदेश नीतिबारे चर्चा गर्दै प्रधानमन्त्री ओलीले भर्खरै चौथो विमष्टेक सम्मेलन सम्पन्न गरेको र सार्क पनि यथावत रहेको जानकारी दिँदै सबै छिमेकीसँग समान सम्बन्ध राख्ने विदेश नीति रहेको स्पष्ट गरेका थिए ।

ओलीले आफ्नो देशलगायत हिमाली र आइल्याण्डहरु रहेका देशहरु वातावरणीय परिवर्तनको असरबाट निकै प्रभावित रहेकोले यस विषयमा सबै राष्ट्रसंघमा आवद्ध देशहरुले समान धारणा बनाउँदै त्यसबाट बच्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्र संघमा सम्बोधन गरिरहेका बेला राष्ट्र संघ भवन परिसरमा नेपाली कांग्रेस निकट् व्यक्तिहरुले कालो टिसर्ट लगाएर विरोध प्रर्दशन गरेका थिए । सम्बोधन अघि प्रधानमन्त्री विभिन्न साइड लाइन बैठकहरु निकै फलदायी भएको अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले एबीसीलाई बताए ।

प्रधानमन्त्री ओलीले क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडेउ, बेलायतका प्रधानमन्त्री टेरेजा मे, अष्ट्रेलियन पूर्वप्रधानमन्त्री केभिन रड, स्वीडेनका राष्ट्रपति र भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गरेका थिए ।


प्रधानमन्त्री ओलीले अमेरिकामा रहंदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, कोलम्वियाका राष्ट्रपति लगयातसंग पनि भेट वार्ता गरेका छन् ।

न्युयोर्कमा प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रम निकै फलदायी रहेको राजदूत कार्कीले बताए ।
ओली शनिबार कोस्टारिका प्रस्थान गर्नेछन् ।

कोस्टारिकाका समकक्षीकसंग दुईपक्षीय भेटवार्ताका साथै त्यहां रहेको शान्ति विश्वविद्यालयमा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।